ईभीमा कर्जा दिन बैंकबीच प्रतिस्पर्धा, नविल र एभरेष्ट बैंकको ब्याजदर कम
बजारमा ईभीको माग बढेसँगै बैंकहरुले कर्जा प्रवाहलाई समेत खुकुलो बनाउन...
विभिन्न बैंकहरुले भदौ १ देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसका साथमा उनीहरुले आफूले उपलब्ध गराउने अटो लोनको ब्याजदर समेत सार्वजनिक गरेका छन् ।
सवारी साधन किन्नका लागि उपलब्ध गराइने सवारी कर्जा अर्थात अटो लोन उपलब्ध गराउन बैंकहरुसँग तरलताको अभाव भए तापनि अधिकांश बैंकहरुले ब्याजदर भने सार्वजनिक गरेका छन् । परिस्थिति सहज हुँदै गएको अवस्थामा उनीहरुले अटो लोन उपलब्ध समेत गराउने गरेका छन् ।
हाल अटो लोनको दर निकै नै बढ्दो छ । कुनै समयमा करिव ८ प्रतिशत हाराहारीमा उपलब्ध हुने अटो लोन अहिले करिव १५ प्रतिशत भन्दा बढी नै पुगेको छ । यद्यपि हाल बैंकहरुले अटो लोन उपलब्ध गराउन सक्ने अवस्था समेत छैन । सरकारी नीतिका कारण सवारी साधन किन्नका लागि अटो लोन दिने प्रक्रिया समेत रोकिएको अवस्था छ ।
नेपाल एसबीआई बैंकले १५.६१ प्रतिशत सम्म ब्याज लिने विवरण सार्वजनिक गरेको छ । प्रभु बैंकले ब्यक्तिगत कर्जातर्फ करिव १६ प्रतिशत सम्म र फिक्स्ड अटो लोनतर्फ ५ वर्ष सम्मका लागि १३.५० प्रतिशत र ५ वर्ष भन्दा बढी समयका लागि १४.५० प्रतिशत ब्याज लिने बताएको छ ।
सिभिल बैंकले निजी गाडीका लागि बेस रेटमा ७ प्रतिशत सम्म र कमर्सियलका लागि ८ प्रतिशत सम्म ब्याज लिन्छ । बैंकको औसत बेस रेट १०.४६ प्रतिशत छ । त्यसैगरी फिक्स्ड अन्तर्गत ७ वर्ष सम्मका लागि बेस रेटमा ६ प्रतिशत सम्म जोड्ने बताएको छ ।
सिद्धार्थ बैंकले बेस रेटमा ६ प्रतिशत सम्म र फिक्स्ड तर्फ ५ वर्षका लागि १२.५ प्रतिशत र ५ वर्ष भन्दा बढी समयका लागि १३ प्रतिशत ब्याज लिने बताएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले यसरी गाडी कर्जा प्रदान गर्दा बेस रेटमा ५ प्रतिशत सम्म थप गरेर ब्याज लिने दर सार्वजनिक गरेको छ । हाल बैंकको बेस रेट ७.८६ प्रतिशत छ । यसका आधारमा बैंकले गाडी कर्जाका लागि १२.८६ प्रतिशत सम्म ब्याज लिनेछ । त्यसैगरी स्थिर ब्याज दर अन्तर्गत ७ वर्ष सम्मका लागि १३.५० प्रतिशत दर तोकेको छ ।
लक्ष्मी बैंकले बेस रेटमा ६ प्रतिशत सम्म जोड्ने बताएको छ । बैंकको औसत बेस रेट ९.९९ प्रतिशत छ । फिक्स्ड तर्फ १३.९९ देखि १५.९९ प्रतिशत सम्म ब्याजदर लिनेछ ।
बैंक अफ काठमाण्डुले बेस रेटमा ८ प्रतिशत सम्म जोड्छ र बेस रेट ९.८३ प्रतिशत छ । सनराइज बैंकले कमर्सियल गाडीका लागि ५ वर्ष सम्म तोकिएको लोन लिनु परेमा १३ प्रतिशत र ५ देखि ८ वर्षका लागि १४ प्रतिशत ब्याजदर तोेकेको छ । त्यसैगरी निजी गाडीका लागि क्रमशः १२.७५ र १३ प्रतिशत तोकेको छ ।
एभरेष्ट बैंकले ब्याजदर परिवर्तन हुने दरमा ७ वर्षका लागि बेस रेट भन्दा ७ प्रतिशत र १० वर्ष सम्मका लागि ९.६७ प्रतिशत सम्म तथा फिक्स्ड ब्याजदरमा क्रमशः १४ र १५ प्रतिशत दर तोकेको छ ।
नविल बैंकले निजी, कमर्सियल र ट्रयाक्टरका लागि ७ प्रतिशत तथा इलेक्ट्रिक भेइकलका लागि ६ प्रतिशत सम्म बेस रेट भन्दा थप ब्याजदर लिने जनाएको छ । नविलको बेस रेट ८.७७ प्रतिशत छ । फिक्स्ड ब्याजदरका नविलले ५ देखि ७ वर्ष सम्मका लागि १४.९९ प्रतिशत ब्याजदर लिन्छ ।
कुमारी बैंकले बेस रेटमा ३ देखि ६.५० प्रतिशत सम्म बेस रेट भन्दा बढी ब्याजदर लिने बताएको छ । बैंकको बेस रेट १०.५७ प्रतिशत छ । फिक्स्डमा भने बैंकले १ देखि ५ वर्ष सम्मका लागि १२.५०, ५ देखि १० वर्ष सम्मका लागि १३.५० र १० वर्ष भन्दा बढीका लागि १३.७५ प्रतिशत ब्याज लिने बताएको छ ।
नेपाल बैंक लिमिटेडले निजी गाडीका लागि बेस रेटमा ४.५० प्रतिशत सम्म थप गरेर ब्याज लिने बताएको छ । बैंकले नेपालक्ष्मी अटो लोन, प्रोफेसनल अटो लोन र इलेक्ट्रिक भेइकलका लागि अटो लोन आदि गरी विभिन्न शीर्षकमा लोन दिने गरेको छ । फिक्स्ड तर्फ भने बैंकले १०.८५ देखि १२.८५ प्रतिशत सम्मको दरमा लोन दिने गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले बेस रेटमा ५ प्रतिशत सम्म थप गरेर लोन दिने बताएको छ । बैंकको बेस रेट ८.८१ प्रतिशत छ । फिक्स्ड तर्फ भने ५ वर्ष सम्मका लागि १३.२५ प्रतिशत र ५ देखि ७ वर्ष सम्मका लागि १३.७५ प्रतिशत ब्याजदर लिने बताएको छ ।
यी वाहेक अन्य विभिन्न बैंक र फाइनान्स कम्पनीहरुले समेत अटो लोन उपलब्ध गराउने गरेका छन् । यसरी तोकिएको दरमा बैंकहरुले सेवा शुल्क र अन्य विभिन्न शीर्षकमा पनि केही खर्च जोड्न सक्छन् ।
ग्राहकले आफूले किन्न चाहेको सवारी साधनका वारेमा जानकारी प्राप्त गरे पश्चात आफूलाई उपयुक्त लागेको बैंकमा पुगेर अटो लोनका लागि आवश्यक प्रक्रिया अपनाउन सकिने व्यवस्था छ ।
बजारमा ईभीको माग बढेसँगै बैंकहरुले कर्जा प्रवाहलाई समेत खुकुलो बनाउन...
विभिन्न बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । यस...
यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) एक प्रकारको सम्झौता हो । जसले यात्राको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...