घट्दै बैंक र वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो लोन, के हो हायर पर्चेज कर्जा ?

अर्थतन्त्र शिथिल भएको असर अटो लोनमा समेत देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधन खरिद गने व्यक्तिहरुका लागि लक्ष्यित गरी ल्याएका विभिन्न प्रकारका हायर पर्चेज अन्तर्गतका सवारी साधन कर्जा अर्थात अटो लोन क्रमशः घट्दै गएको देखिएको छ ।

कुनै पनि सवारी साधन किन्नका लागि मानिसले अटो लोन लिनै पर्छ । पुरै रकम तिरेर सवारी साधन किन्ने मानिस कमै हुन्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि एक खर्ब २६ अर्ब ७१ करोड ८० लाख रुपैयाँ प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा दुई अर्ब आठ करोड ७० लाख रुपैयाँले कम हो । गत वर्ष कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले गाडी खरिदका लागि एक खर्ब २८ अर्ब ८० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेजका लागि एक खर्ब नौ अर्ब ५५ करोड ३० लाख रुपैयाँ प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा छ करोड ६८ लाख रुपैयाँ बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब एक अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा कुल एक खर्ब आठ अर्ब ८८ करोड ५० लाख रुपैयाँ प्रवाह गरेका थिए ।

गत कात्तिक मसान्तसम्म विकास बैंकहरूले पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि १३ अर्ब ८१ करोड २० लाख रुपैयाँ प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा दुई अर्ब ६७ करोड रुपैयाँ कम हो । गत वर्ष कात्तिक मसान्तसम्म विकास बैंकहरूले चार खर्ब ८२ अर्ब ३८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि १६ अर्ब ४८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले गत कात्तिक मसान्तसम्म एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि तीन अर्ब ३५ करोड २० लाख रुपैयाँ प्रवाह गरेका छन् ।

जुन एक वर्षअघिको तुलनामा आठ करोड ६० लाख रुपैयाँ कम हो । गत वर्ष कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूले ९३ अर्ब ९६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि तीन अर्ब ४३ करोड ८० लाख रुपैयाँ प्रवाह गरेका थिए ।

के हो हायर पर्चेज कर्जा ? कसरी लिन सकिन्छ ?

कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुनेगरी प्रदान गरिएको कर्जा वा सापटीलाई हायर पर्चेज कर्जा भनिन्छ । नेपालमा  बैंक वित्तीय संस्थाका अलावा केही अन्य कम्पनीले समेत नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज सम्बन्धि अनुमति  लिई हायर पर्चेज कर्जा प्रवाह गर्ने गरेका छन् ।

हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याजबाहेक अन्य शुल्क (जस्तैः सेवा शुल्क) तथा दस्तुर लिन नपाइने व्यवस्था नियामकीय निकायले गरेको छ  । हायर पर्चेज कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सकिने व्यवस्था रहेको छ  ।

हायर पर्चेज कर्जा दिने कम्पनीले आफूले प्रवाह गरेको कर्जा रकम फिर्ता गर्नका लागि कर्जा भुक्तानी तालिका तयार गरी लागु गर्नुपर्दछ ।

हायर पर्चेज कर्जा लिँदा आफ्नो कर्जामा लाग्ने ब्याजदर, कर्जा भुक्तान अवधि, किस्ता रकम, पेनाल ब्याजदर र सोको गणना विधि जस्ता आधारभूत पक्षबारे सम्बन्धित हायर पर्चेज कम्पनीसँग स्पष्ट रूपमा जानकारी लिई कर्जा कारोबार गर्न नेपाल राष्ट्र बैङ्कले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

राष्ट्रिय वाणिन्य बैंकले दिदैछ विद्युतीय सवारी साधनमा अन्य भन्दा २ प्रतिशत कम ब्याजदरमा अटो लोन

राष्ट्रिय वाणिन्य बैंकले दिदैछ विद्युतीय सवारी साधनमा अन्य भन्दा २ प्रतिशत कम ब्याजदरमा अटो लोन

राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने विभिन्न कर्जा मध्ये सवारी साधन...

कुमारी बैंकले सुजुकी गाडी किन्न सजिलै कर्जा दिने, बैंक र सीजी मोटोकर्प बीच सम्झौता

कुमारी बैंकले सुजुकी गाडी किन्न सजिलै कर्जा दिने, बैंक र सीजी मोटोकर्प बीच सम्झौता

काठमाडौं- कुमारी बैंक लिमिटेड र सीजी मोटोकर्पका बीच ग्राहकहरूलाई सुजुकी...

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दावी सम्झौता, टाटा गाडीको बीमा दावी सहज हुने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...