बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अमेरिकामा एक अटो डिलरलाई अदालतले ठगीको आरोपमा १७० वर्षको जेल सजाय सुनाएको छ । फिलाडेल्फियास्थित एक रिकन्डिसन गाडी बिक्री गर्ने शोरुमका सञ्चालक एडवर्ड स्कटकलाई १२० जनालाई ठगी गरेको आरोमा उक्त सजाय सुनाइएको हो । साथै उनीमाथी ५ वर्षको सुपरभाइज्ड रिहाई र २.७५ मिलियन डलर जरिवाना तिर्न समेत भनिएको छ ।
रिपोर्टका अनुसार ति अभियुक्तले अमेरिकाका ३६ राज्यहरूमा गाडी बिक्री गर्ने भन्दै ग्राहकबाट पैसा उठाए पनि गाडी डेलिभर गर्न भने असफल भएका थिए । यसरी पिडित हुनेहरु मध्ये धेरै जसोलाई विशेष प्रकारका सवारी साधनहरूको आवश्यकता परेको थियो । अमेरिकी न्याय विभागका अनुुसार एडवर्डले आफ्नो फिलाडेल्फिया डिलरशिपबाट २०१९ र २०२३ को बीचमा ठगी गरेका हुन् ।
उनले लिलामीमा गाडीहरू खरिद गर्ने र तिनीहरूलाई अनलाइनमार्फत पुनः बिक्री गर्ने भन्दै राख्ने गरेका थिए । यद्यपि, सम्झौता गरिसकेपछि र नयाँ खरिदकर्ताबाट भुक्तानी प्राप्त गरेपछि, एडवर्डले उक्त गाडीहरू डेलिभर गर्न असफल भए । उनले १३ जना फरक ग्राहकहरूलाई फोर्डको एउटै भ्यान बेचेका थिए ।
बोहो क्याम्पर भ्यान्सका सह–संस्थापक डेभिड सोडरम्यानले एडवर्डबाट दुईवटा भ्यान किनेका थिए र उनलाई २५ हजार डलर भुक्तानी गरे । महिनौं पछि पनि ती भ्यान हात पार्न नसकेपछि उनले आफ्नो पैसा फिर्ता मागे । तर अभियुक्तले सधैं कुनै न कुनै बहाना गर्थे । उनले भने, “यो लामो समयको लागि ठूलो गडबड थियो । जब मैले उसंग पैसा फिर्ता माग्थे कुनै न कुनै बहाना बनाएर उम्कने गथ्र्यो । उसले फेडेक्समार्फत पैसा फिर्ता पठाएको फोटो खिच्ने गर्दथ्यो, तर त्यो मेलमा कहिल्यै पठाइएन । यो सबै एउटा ठूलो शो मात्र थियो ।’
पछि उनले दुई वर्षसम्म कानुनी लडाई लडेर पैसा फिर्ता पाएका थिए । यसका लागी आफूले ठूलो कठिनाई र झन्झट बेहोर्नुपरेको सोडरम्यानको भनाई थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...