टाटा नेक्सन, हुन्डाई भेन्यु र रेनो काइगर : यस्ता छन् तीन प्रतिस्पर्धी एसयूभीका विशेषता
नेपाली बजारमा एसयूभी सेगमेन्ट अन्तर्गत विभिन्न कम्पनी बीच प्रतिस्पर्धा...
अटो कार अवार्ड–२०२४ मा हुन्डाई आयोनिक ५ ले ‘कार अफ दि इयर’ र रोयल इन्फिल्ड हिमालयनले ‘बाइक अफ दि इयर’ अवार्ड हात पारेका छन् । भारतको मुम्वईमा अयोजना भएको कार्यक्रममा हुन्डाईको इलेक्ट्रिक कारले ‘कार अफ दि इयर’ सहित ‘ईभी अफ दि इयर’ अवार्ड समेत पाएको हो । यसैगरी रोयल इन्फिल्ड हिमालयन ४५० ले भ्युअर्स च्वाईस बाइक अफ दि इयर अवार्ड समेत हात पारेको छ ।
सो अवार्डका लागी १६ वटा कार र ११ वटा वाइक छनोट भएका थिए । आयोनिक ५ ले हुन्डाईकै एक्स्टर तथा भर्ना, मारुती सुजुकीको फ्रङ्क्स तथा जिम्नी र सिट्रोन सी३ एयरक्रसलाई पछि पार्दै सो टाइटल हात पारेको हो । यसैगरी वाइकतर्फ ट्रायम्फ स्पिड ४००, केटिएम ड्यूक ३९०, रोयल इन्फिल्ड क्लासिक ३५० र हार्ले डेभिड्सन एक्स ४४० लाई पछि पार्दै हिमालयन ४५० ले उक्त अवार्ड हात पार्न सफल भयो ।
अन्य विधामा बीएमडब्लू आई७ ले लक्जरी ‘ईभी अफ दि इयर’ अवार्ड हात पारेको छ भने एमजी कोमेटलाई पछि पार्दै सिट्रोन ईसी३ ले ‘ह्याचब्याक अफ दि इयर’ अवार्ड पाएको छ । हुन्डाई एक्स्टरले ‘कम्प्याक्ट एसयूभी अफ दि इयर’ अवार्ड पाउँदा टोयोटा इन्नोभा हाइक्रसले ‘एमपीभी अफ दि इयर’ अवार्ड पाएको छ । साथै हिरो जुमले ‘स्कुटर अफ दि इयर’ अवार्ड पाएको छ ।
बिभिन्न बिधामा अवार्ड पाएका मध्ये हुन्डाई आयोनिक ५ र सिट्रोन ईसी३ नेपाली बजारमा समेत उपलब्ध छ । हिमालयन ४५० र हुन्डाई एक्स्टर नेपाली बजारम लन्च हुने तयारीमा छन् ।
नेपाली बजारमा एसयूभी सेगमेन्ट अन्तर्गत विभिन्न कम्पनी बीच प्रतिस्पर्धा...
हुन्डाईले आफ्नो फ्ल्यागशिप एसयूभी पालिसेडको दोस्रो जेनेरेशन सार्बजनिक...
हुन्डाई मोटर्सले उत्कृष्ट गाडी उपलब्ध गराउँदै आएको छ । हुन्डाईको गाडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...