टीभीएस, यामाहा र बजाजको महा एक्सचेन्ज मेला, कुन कत्तिको सफल
नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येका तीन ठूला टु ह्विलर ब्रान्ड...
काठमाडौं - बजाजले बहुप्रतिक्षित डोमिनार डे सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।
नोभेम्बर ३० देखि सुरु साे इभेन्ट डिसेम्बर ५, २०२५ सम्म बाईकर्स क्याफे नक्सालमा सञ्चालन भइरहेको छ । कार्यक्रममा सहभागीहरूले डोमिनार ४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाउनेछन्।
‘डोमिनार डे इज इन अन; एण्ड याेर अपग्रेड स्टार्ट्स नाउ’ भन्ने सन्देशसहित संचालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले अल्फा सिएस, एर्माेरेड राइडिङ ज्याकेट/एमटी हेल्मेट जस्ता सुरक्षित र स्टाइलिश राइडिङ गियर प्राप्त गर्नेछन्। साथै, “नागरिकताको भरमा” सुविधा मार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ । पुराना बाइकको उत्कृष्ट मूल्यांकन र खेलप्रेमीहरूको लागि एनपीएल टिकट जस्ता बोनस अवसरहरू पनि प्रदान गरिनेछन्।
साथै, सहभागीहरूले स्पाेन्सर्ड विकेण्ड र राइड जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा डाेमिनार मर्चेण्डाइज पनि प्राप्त गर्न सक्नेछन्। आफ्नो डोमिनार भएपनि नयाँ मोडेलमा रुचि राख्ने लगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ । सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदायी अनुभव गर्ने मौका पाउनेछन्।
सहभागीहरूले बाइकर्स क्याफे, नक्सालमा पुगेर डोमिनार ४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन्। यो कार्यक्रम बाइकर्स क्याफेमा दैनिक रूपमा सञ्चालन हुनेछ ।
साथै डोमिनार डे एक–हप्ता मात्रै सञ्चालन हुने भएकाले छिटो सहभागिता जनाउन बजाज नेपालले सबैलाई आग्रह गरेको छ ।
नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येका तीन ठूला टु ह्विलर ब्रान्ड...
बजाजले आज भारतमा २०२४ पल्सर एनएस–१६० र एनएस–२०० लन्च गरेको छ । सो अपडेटेड...
नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको बजाज पल्सर २२०एफ अब नयाँ फिचर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...