मलेसियन ब्रान्ड पेरोडुवाले लन्च ग-यो आफ्नै ईभी, यस्तो छ विशेषता
मलेसियन कार निर्माता कम्पनी पेरोडुवाले पहिलो ब्याट्री इलेक्ट्रिक सवारी...
भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा एटीएस एल्गी कम्पनीले क्र्यास रिपेयर सिस्टम सहितको अटो रोबोट सार्वजनिक गरेको छ ।
दुर्घटनामा परेर क्षति भएको सवारी साधनलाई सो उपकरणमा राखेर अटोमेटिक तरिकाले मर्मत गर्न सकिन्छ । यसमा भएका सेन्सर र विभिन्न उपकरणले सवारी साधनमा भएका क्षतियुक्त भागलाई उपयुक्त तरिकाले पहिलेकै अवस्थामा ल्याउन सहयोग गर्ने एटीएस एल्गीका म्यानेजिङ डाइरेक्टर प्रवीन तिवारीले नेपाल अटोलाई बताए ।
एटीएस एल्गीले यो वाहेक टचलेस एलाइनर र ईभीका लागि आवश्यक विभिन्न उत्पादन समेत सार्वजनिक गरेको छ ।
नेपाली बजारमा समेत यी सबै उपकरण बिक्रीका लागि उपलब्ध हुने एटीएस एल्गीको नेपालका लागि आधिकारिक वितरक हिट्को प्रालिका अध्यक्ष प्रदीपमान प्रधानले बताए ।
अटोमोवाइल प्रविधिमा आएको परिवर्तनसँगै एटीएस एल्गीले आफ्ना उत्पादनलाई पनि स्तरोन्नति गर्दै लगेको छ । नयाँ प्रविधिका सवारी साधनको मर्मतसम्भारमा नयाँ र विशेष फिचरयुक्त उपकरण प्रयोग गर्नुपर्ने हुन्छ । सोही विषयलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो उत्पादनमा समयसापेक्ष परिवर्तन गर्दै लगेको छ ।
एटीएस एल्गीसँग हाल सवै प्रकारका अत्याधुनिक पोष्ट, पेन्ट वुथ, ह्विल अलाइनर, ब्यालेन्सर, टायर चेन्जर, एसी रिकभरी, अटोमेटिक कार वासर र अन्डर बडी वासिङ किट लगायतका उपकरण उपलब्ध छन् । पछिल्लो समय अटोबजार इलेक्ट्रिक भेइकलमा सिफ्ट भएसँगै कम्पनीले ईभीकै लागि भनेर विशेष प्रकारका उपकरण र अन्य सामग्रीको उत्पादन समेत गरिरहेको छ ।
मलेसियन कार निर्माता कम्पनी पेरोडुवाले पहिलो ब्याट्री इलेक्ट्रिक सवारी...
टाटा मोटर्सले भारतमा लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कार टाटा नेक्सन ईभी...
अमेरिकाले चिनियाँ ईभीमा ४ गुणा कर बृद्धि गर्ने तयारी गरेको छ । सस्ता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...