एथरको शोरुम अब बिर्तामोडमा पनि

काठमाडौं–एथर नेपालले झापाको बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भुर्तेल इनर्जीले व्यवस्थापन गर्ने सो नयाँ शोरुमको उद्धघाटन आइतबार सम्पन्न भएको हो ।

बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा आएसँगै एथर नेपालका देशभर ११ वटा एक्सपेरियन्स सेन्टर पुगेका छन् । नयाँ शोरुममा एथरको ४५० सिरिज र रिज्टासहित सम्पूर्ण उत्पादन लाइनअप उपलब्ध हुने जनाइएको छ ।

उद्घाटनको अवसरमा ग्राहकले एक्सटेन्डेड ब्याट्री वारेन्टि, शून्य प्रतिशत ब्याजरमा फाइनान्स सुबिधा र अतिरिक्त एक्सचेन्ज भ्यालुएसन लगायत सुबिधा पाउनेछन् । एथरले दुईपांग्रे ईभी सेग्मेन्टमा सबैभन्दा लामो ८ वर्षसम्मको वारेन्टीसमेत प्रदान गर्दै आएको छ ।

हाल काठमाडौं उपत्यकाभित्र ५ वटा केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा समेत एथरको उपस्थिति विस्तार भएको हो । साथै देशभर १० वटा आधिकारिक सर्भिस सेन्टर पनि सञ्चालनमा रहेका छन् ।

ग्राहकहरूले देशभर विस्तार भइरहेको ४० भन्दा बढी एथर चार्जिङ स्टेशनमार्फत प्रमुख सहर तथा राजमार्गहरूमा सहज चार्जिङ सुविधा पाउनेछन् । भविष्यमा थप खोल्ने कम्पनीले जनाएको छ ।

प्रदेश १ मा बढ्दो एथर ग्राहकलाई सहज यात्रा अनुभव प्रदान गर्न कम्पनीले आफ्नो फास्ट चार्जिङ नेटवर्कलाई विस्तार गर्दै लगेको छ । हाल एथर राइडरले बिर्तामोड, धरान तथा इटहरीमा फास्ट चार्जिङ सेवा उपयोग गर्न सक्नेछन् भने कम्पनीले निकट भविष्यमा थप चार्जिङ स्थानहरू विस्तार गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

एथर ४५० एक्समा ओटीए अपडेट मार्फत इन्फिनिट क्रुज सुविधा पाइने

एथर ४५० एक्समा ओटीए अपडेट मार्फत इन्फिनिट क्रुज सुविधा पाइने

एथर इनर्जीले ४५० एक्समा इन्फिनिट क्रुज सुविधा प्राप्त गर्ने घोषणा गरेको छ...

नाइमामा आयोजित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता बने शालिक

नाइमामा आयोजित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता बने शालिक

काठमाडौं – नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर...

‘एक रुपैयाँ, एक स्कुटर !’ दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा

‘एक रुपैयाँ, एक स्कुटर !’ दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा

एक रुपैयाँको साधारण खरिदले जीवन बदल्ने जित दिलाउन सक्छ भन्ने उदाहरण बनेकी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...