एथर इनर्जीमा हिरो मोटोकर्प र भारत सरकारले १२ अर्ब भारु लगानी थप्ने
काठमाडौं–भारतमा ईभी बजारलाई थप चलायमान बनाउँन ठूला लगानीकर्ताहरूले...
काठमाडौँ–एथर इनर्जीले आफ्ना लोकप्रिय मोडल रिज्टा र ४५० सिरिजमा महत्त्वपूर्ण प्राविधिक अपडेट गरेको छ । कम्पनीले यी स्कुटरको ब्याट्री र चार्जरमा महत्वपूर्ण अपडेट गरेको हो ।
कम्पनीले पहिलो पटक आफ्नो पारिवारिक ई–स्कुटर ‘एथर रिज्टा’ मा एलएफपी ब्याट्री प्रविधि भित्र्याएको छ, जसअन्तर्गत यसको २.७ किलोवाट आवर क्षमताको ब्याट्रीले पहिलेकै जस्तो १२३ किमिको रेन्ज प्रदान गर्नेछ भने यसको ३.५ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री भेरियन्टले पहिलेभन्दा बढि अर्थात १६१ किमिसम्मको उत्कृष्ट रेन्ज दिने दाबी गरिएको छ ।
त्यस्तै, स्पोर्टी र उच्च पर्फर्मेन्सका लागि लोकप्रिय एथर ४५० सिरिजमा भने कम्पनीले अधिक ऊर्जा–घनत्व प्रदान गर्ने एनएमसी प्रविधिलाई नै निरन्तरता दिएको छ, जहाँ यसको ठूलो ब्याट्री प्याकलाई ३.७ किलोवाट आवरबाट घटाएर ३.५ किलोवाट आवर कायम गरिए पनि यसको प्रमाणित रेन्ज भने १६१ किमिमै यथावत राखिएको छ । यो स्कुटर १२२ देखि १२६ किमि रेन्ज दिने २.९ किलोवाट आवरको अर्को विकल्पमा पनि उपलब्ध हुनेछ ।
ब्याट्री प्रविधिसँगै एथरले ग्राहकको समय बचत गर्न चार्जिङ प्रणालीमा पनि ठूलो सुधार गरेको छ । अब दुवै स्कुटरका ठूला ब्याट्री भेरियन्टसँग ९०० वाटको नयाँ पोर्टेबल चार्जर उपलब्ध गराइनेछ । जसले ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न मात्र ३ घण्टा १२ मिनेटको समय लिनेछ । जुन, पुरानो ७०० वाटको चार्जरले लिने ४ घण्टा ३० मिनेटको तुलनामा निकै छिटो हो ।
उत्कृष्ट इन्जिनियरिङ प्रदर्शन गर्दै ब्याट्रीको उत्पादन लागत घटाए पनि ग्राहकले पाउने पर्फर्मेन्स र सुरक्षामा कुनै सम्झौता नगरिएको कम्पनीले जनाएको छ । नेपाली बजारमा समेत राम्रो उपस्थिति जनाइरहेको यो ब्रान्डको नयाँ अपडेट उपभोक्तामाझ निकै चासोको विषय बन्ने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...