प्रिमियम इलेक्ट्रिक एसयूभी एलईभी ०१ नेपाल आउने
विश्वको प्रतिष्ठित डिजाइन हाउस सांघाई लन्च अटोमोटिभको पहिलो प्रिमियम...
एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा भारतीय बजारमा लन्च गरेको छ । सो इलेक्ट्रिक स्कुटर विशेष गरी पारिवारिक आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले एथर रिज्टामा सेगमेन्टमा सबैभन्दा ठुलो सिट र ५६ लिटर स्टोरेज स्पेस उपलब्ध गराइएको छ ।
कम्पनीले एथर रिज्टामा अद्भुत प्रविधि र सुविधाहरू प्रदान गरेको छ, जसले यसलाई सेगमेन्टका अन्य स्कुटरभन्दा पूर्ण रूपमा फरक बनाएको छ । सो स्कुटर स्टोरेजको हिसाबले पनि धेरै व्यावहारिक छ।
कम्पनीले एथर रिज्टालाई रिज्टा एस र रिज्टा जेड गरी २ भेरिएन्टमा ल्याएको छ । रिज्टा एसमा २.९ किलोवाटको सानो ब्याट्री प्याक दिइएको छ, जसले सिंगल चार्जमा १२१ किलोमिटरको रेन्ज दिन्छ। रिज्टा जेडमा ३.७ किलोवाटको ठुलो ब्याट्री प्याक दिइएको छ, जसले सिंगल चार्जमा १५९ किलोमिटरको रेन्ज दिन्छ ।
रिज्टा एसमा कम्पनीले ड्यासबोर्डमा ७.० इन्चको नन टच डिपभ्यू डिजिटल डिस्प्ले दिएको छ । जबकि जेड भेरिएन्ट ७.० इन्च टीएफटी टचस्क्रिन डिस्प्ले दिइएको छ । टेलिस्कोपिक फोर्क, १२ इन्चको अलोय फ्रन्ट ह्विल र फ्रन्ट डिस्क ब्रेकले सुसज्जित सो स्कुटरमा सेक्युरिटी कभर र र्यापराउन्ड एलईडी टेल लाइट पनि प्रदान गरिएको छ ।
सो स्कुटरको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा जिप र स्मार्ट गरी २ मोड दिइएको छ, जसको कारण पार्किङ लटको सिधा ढलानमा पनि सजिलै चलाउन सकिन्छ । नयाँ रिज्टाले शहरी क्षेत्रमा कम्फर्टेबल राइडको अनुभव प्रदान गर्छ ।
विश्वको प्रतिष्ठित डिजाइन हाउस सांघाई लन्च अटोमोटिभको पहिलो प्रिमियम...
सुजुकीको पहिलो इलेक्ट्रिक कार पोल्यान्डमा परिक्षण हुँदै गर्दा देखिएको छ ।...
काठमाडौं – नेपालमा लिफान इलेक्ट्रिक स्कुटर भित्रिने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...