यस्तो हुन सक्छ १०० किलोवाट बढीका इलेक्ट्रिक कारको नयाँ मूल्य : एउटै कारको ७० लाख सम्म बढ्ने
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १ सय किलोवाट भन्दा बढी क्षमताको मोटर...
एथर इनर्जीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर रिज्टा अप्रिल ६ मा लन्च गर्ने भएको छ । कम्पनीले विगत केही दिनदेखि यसको परीक्षण गरिरहेको छ । सो स्कुटरमा सबैभन्दा ठूलो बुट स्पेस र सेगमेन्टमा सबैभन्दा ठूलो सिट हुनेछ । यसको मूल्य १ लाख २५ हजार देखि १ लाख ३५ हजार भारु हुनेछ ।
नयाँ इलेक्ट्रिक रिज्टाको फिचर पनि सार्वजनिक भइसकेको छ । यसको आकार एथर ४५०एक्स लाइनअपको तुलनामा ठुलो हुनेछ । सो स्कुटरमा ठूलो फ्लोरबोर्ड एरिया देखिएको छ । यसमा लामो सिट दिइएको छ । साथै सामान स्टोरका लागि स्पेस पनि समावेश गरिएको छ ।
एथर रिज्टामा होरिजोन्टल बार–टाइप हेडलाइट, टेलल्याम्प, फुल एलईडी लाइटिङ, फुल डिजिटल स्क्रिन, राइड मोड, स्मार्टफोन कनेक्टिभिटी, फास्ट चार्जिङ जस्ता फिचर हुनेछ । साथै रियर ग्रेब रेलसहित १२ इन्चको अगाडि र पछाडिका पाङ्ग्रा हुनेछ । सो इलेक्ट्रिक स्कुटर निकै पावरफुल हुनेछ । यद्यपि सो स्कुटरको फिचर पारिवारिका सुविधालाई ध्यानमा राखेर दिइएको छ ।
सो स्कुटरको रेन्जको बारेमा कुनै खुलासा गरिएको छैन । यद्यपि यसको रेन्ज १५० किलोमिटर भन्दा बढी हुने अनुमान गरिएको छ । ब्रेकिङका लागि सो स्कुटरमा डिस्क ब्रेकको साथै अगाडिको भागमा टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक युनिट हुनेछ ।
स्कुटरमा नयाँ मोटर सेटअप र ब्याट्री प्याक प्रयोग गर्न सकिनेछ । यो ४५०एक्स को तुलनामा हाई रेन्ज र टप स्पिडको हुनेछ ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले १ सय किलोवाट भन्दा बढी क्षमताको मोटर...
अटो उद्योग विस्तारै विद्युतीयतिर ढल्किदैछ । विश्वमा विद्युतीय सवारी...
काठमाडौं – गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा २४९ विद्युतीय सवारी साधन आयात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...