ठूलो फ्लोरबोर्ड, ठूलो सिट र शक्तिशाली रेन्ज भएको नयाँ इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्दै एथर इनर्जी

एथर इनर्जीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर रिज्टा अप्रिल ६ मा लन्च गर्ने भएको छ । कम्पनीले विगत केही दिनदेखि यसको परीक्षण गरिरहेको छ । सो स्कुटरमा सबैभन्दा ठूलो बुट स्पेस र सेगमेन्टमा सबैभन्दा ठूलो सिट हुनेछ । यसको मूल्य १ लाख २५ हजार देखि १ लाख ३५ हजार भारु हुनेछ ।

नयाँ इलेक्ट्रिक रिज्टाको फिचर पनि सार्वजनिक भइसकेको छ । यसको आकार एथर ४५०एक्स लाइनअपको तुलनामा ठुलो हुनेछ । सो स्कुटरमा ठूलो फ्लोरबोर्ड एरिया देखिएको छ । यसमा लामो सिट दिइएको छ । साथै सामान स्टोरका लागि स्पेस पनि समावेश गरिएको छ ।

एथर रिज्टामा होरिजोन्टल बार–टाइप हेडलाइट, टेलल्याम्प, फुल एलईडी लाइटिङ, फुल डिजिटल स्क्रिन, राइड मोड, स्मार्टफोन कनेक्टिभिटी, फास्ट चार्जिङ जस्ता फिचर हुनेछ । साथै रियर ग्रेब रेलसहित १२ इन्चको अगाडि र पछाडिका पाङ्ग्रा हुनेछ । सो इलेक्ट्रिक स्कुटर निकै पावरफुल हुनेछ । यद्यपि सो स्कुटरको फिचर पारिवारिका सुविधालाई ध्यानमा राखेर दिइएको छ ।

सो स्कुटरको रेन्जको बारेमा कुनै खुलासा गरिएको छैन । यद्यपि यसको रेन्ज १५० किलोमिटर भन्दा बढी हुने अनुमान गरिएको छ । ब्रेकिङका लागि सो स्कुटरमा डिस्क ब्रेकको साथै अगाडिको भागमा टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक युनिट हुनेछ ।

स्कुटरमा नयाँ मोटर सेटअप र ब्याट्री प्याक प्रयोग गर्न सकिनेछ । यो ४५०एक्स को तुलनामा हाई रेन्ज र टप स्पिडको हुनेछ ।

सम्बन्धित समाचारहरू

जिली शाेरुम अब बुटवलमा, सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त

जिली शाेरुम अब बुटवलमा, सोमार्जुन मोटर्स अधिकृत डिलर नियुक्त

बुटवल – नेपालको लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्सले...

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चांगनले ल्यायो विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप, यस्ता छन् विशेषता

चिनियाँ अटो निर्माता चांगनले विश्वको पहिलो ‘एक्सटेन्डेड रेन्ज ईभी’ पिकअप...

सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस, ४ स्थानमा विस्तार हुँदै थप नेटवर्क

सञ्जाल विस्तारमा आक्रामक बन्दै सेरेस, ४ स्थानमा विस्तार हुँदै थप नेटवर्क

काठमाडौं – नाडा अटो शो २०२३ मार्फत नेपालमा दमदार रुपमा प्रवेश गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...