एथरको शोरुम अब बिर्तामोडमा पनि
काठमाडौं–एथर नेपालले झापाको बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।...
एथरको फेमिली स्कुटर रिज्टाले २ लाख युनिट बिक्रीको आँकडा पार गरेको छ । अप्रिल २०२४ मा लन्च भएदेखि एथर रिज्टाको बिक्रीले २ लाख युनिटको आँकडा पार गरेको हो ।
लन्च भएको एक वर्षभन्दा कम समयमा पहिलो १ लाख युनिट बिक्री पाएको रिज्टाले त्यसपछिको अर्को १ लाख युनिट मात्र ६ महिनामा हासिल गरेको हो ।
बिक्री बढेसँगै रिज्टाले एथरको समग्र पोर्टफोलियोमै सानदार उपस्थिति जनाएको छ । कम्पनीका अनुसार रिज्टा एक्लैले एथरको कुल बिक्रीमा ७० प्रतिशत भन्दा बढी हिस्सा अगोटेको छ । भारतको मध्य प्रदेश र छत्तीसगढमा यसको बजार हिस्सा दोब्बरले बृद्धि भएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा समेत बिक्री हुँदै आएको एथर रिज्टा एस र जेड भेरिएन्टमा उपलब्ध रहेको छ । नेपालमा यसको जेड भेरिएन्टलाई ३ लाख ८५ हजार ५०० रुपैयाँ पर्छ । रिज्टा जेडमा ३.७ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एकपटकको सिंगल चार्जमा १२५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
भारतमा आक्रामक तवरले बजार विस्तार गरिरहेको यो ब्रान्डले हालसम्म ५ लाख भन्दा बढी विद्युतीय स्कुटर बिक्री गरिसकेको छ । एथरकाे स्कुटरले ओला इलेक्ट्रिक, बजाज चेतक र टीभीएस आईक्युबसँग कडा प्रतिस्पर्धा गरिरहेको छ ।
काठमाडौं–एथर नेपालले झापाको बिर्तामोडमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।...
काठमाडौं – ’एथर के सक्षम छ ?’ भन्ने धारणा बदल्ने ऐतिहासिक यात्रा सम्पन्न...
एथर इनर्जीले ४५० एक्समा इन्फिनिट क्रुज सुविधा प्राप्त गर्ने घोषणा गरेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...