सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन
ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...
पोखरा – नेपालका लागि एथर इलेक्ट्रिकको आधिकारिक वितरक वैद्य इनर्जीले अटोवेज प्रालिलाई पोखराको डिलरको रूपमा भित्र्याएको छ । पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको हो ।
बैद्य् अर्गनाइजेसनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौँ र ललितपुर पछि पोखरामा बिक्री वितरण येही फागुन १२ बाट सुरु गरेको हो । भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रिक स्कुटरको पछिल्लो समय नेपाली बजारमा माग बढिरहेको छ ।
विशेष गरी, अटोवेज प्रालिले टोयोटाको डिलरको रूपमा पनि बिगत २९ वर्ष भन्दा अगाडि देखि पोखरामा सेवा दिइरहेको छ , जसले मुख्य कम्पनीसँग दीर्घकालीन सम्बन्ध देखाउँछ।
पोखरामा पहिलो डिलरसँगै सर्भिस स्टेशन पाउनुको साथै दुई चार्जिङ स्टेशन पहिले नै स्थापित भएका छन्, जुन अटोवेज भवन केन्द्रमा र लेकसाइड केन्द्रमा रहेका छन्। थप दुई चार्जरहरू शीघ्र लगाइने छन्, जुन पोखरा भर्सनमा आवश्यकता र सुगमताको लागि गरिनेछ ।

‘हामी आटोवेजसँग सहकार्य गरी एथर इनर्जीलाई पोखरामा ल्याउन उत्साहित छौं’, वैद्य इनर्जीका सीईओ सुर्यांश वैद्य भन्छन् ।
एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन् ।
एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर हो । यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन् । यसको टप स्पिड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।
ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...
बीवाईडीले ल्याएको फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’ को चर्चा चुलिएको छ...
नेक्सन इभी नेपाल भित्रिएको एक वर्ष पुरा भएको छ । भारतीय अटो निर्माता टाटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...