२०० किलोमिटर रेन्ज र १० वर्षको ब्याट्री वारेन्टीसहित एथरको नयाँ कोनार्क इलेक्ट्रिक स्कुटर लन्च  

एथर इनर्जीले इलेक्ट्रिक स्कुटर कोनार्क भारतमा सार्वजनिक गरेको छ। कम्पनीको नयाँ ईएल प्लेटफर्ममा आधारित कोनार्कलाई दैनिक प्रयोग, आरामदायी राइड र सहज ओनरशिपलाई ध्यानमा राखेर विकास गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसको टप भर्सनले २०० किलोमिटरसम्मको आईडीसी रेन्ज दिनेछ । यसमा ३१ लिटरको अन्डरसिट स्टोरेज क्षमता पनि दिइएको छ, जसले दैनिक प्रयोगका सामान राख्न पर्याप्त ठाउँ उपलब्ध गराउँछ।कम्पनीले कोनार्कलाई एस र जेड गरी २ लाइनअन्तर्गत कुल ६ भेरियन्टमा ल्याएको छ। यसको सुरुवाती मूल्य ९९ हजार ९९९ भारुदेखि १ लाख ४४ हजार ९९९ भारुसम्म तोकिएको छ।

एस लाइनमा १००, १२५, १६१ र २०० किलोमिटर आईडीसी रेन्ज भएका ४ भेरियन्ट छ । त्यस्तै, जेड लाइनमा १२५ र १६१ किलोमिटर रेन्ज भएका २ भेरियन्ट उपलब्ध हुनेछ। यसमध्ये २०० किलोमिटर रेन्ज भएको भर्सन कोनार्कको सबैभन्दा लामो रेन्ज भएको मोडल हो।

कोनार्कमा एथरको पाँचौं पुस्ताको बेडरोक ब्याट्री प्रयोग गरिएको छ। कम्पनीले ब्याट्रीमा १० वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ । यसमा म्याजिक की सुविधा रहेको छ, जसले चालकलाई खल्तीबाट चाबी निकाल्न नपरी स्कुटर अनलक गर्न सहयोग गर्छ। चालक स्कुटरबाट टाढा गएपछि सो अटोमेटिक रूपमा लक हुन सक्ने सुविधा पनि उपलब्ध छ। यसको की फोबमा रहेको पिङ फिचरमार्फत करिब ३० मिटरको दूरीबाट साउन्ड र लाइट संकेत प्रयोग गरेर स्कुटर पत्ता लगाउन सकिन्छ। यसमा अटो होल्ड, फलसेफ, एयरवक, म्याजिक ट्विस्ट, पार्क असिस्ट र रिभर्स मोड जस्ता फिचर समावेश गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...