परिचय पत्रकै आधारमा एथर स्कुटर किन्न पाइने

काठमाडौं—एथरका इलेक्ट्रिक स्कुटर किन्ने प्रक्रिया झनै सरल बनेको छ । एथरको नेपालका लागि आधिकारिक वितरक बैद्य इनर्जिका अनुसार, अब ग्राहकहरूले केवल मान्य परिचय पत्र (आईडी कार्ड को आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना एथर स्कुटर खरिद गर्न सक्नेछन् ।

यस परिचयपत्र–आधारित वित्तीय योजनाले इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिने सामान्य अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ । परिचय पत्रकै भरमा ग्राहकले ६ हजार ५८ रुपैयाँबाट सुरु हुने सरल किस्तावन्दि योजनमा स्कुटर खरिद गर्न सक्नेछन् ।

प्रविधि, प्रदर्शन र ग्राहक अनुभवमा बलियो ध्यान दिँदै एथरले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे बजारको नेतृत्व गर्दै आएको छ । बढ्दो ग्राहक आधारलाई सहयोग गर्न एथरले देशव्यापी रूपमा बलियो पूर्वाधार र सेवा नेटवर्क निर्माण गरेको छ ।

कम्पनीको हाल देशभर ८ वटा एथर एक्सपेरियन्स सेन्टर, एउटा टेष्ट राइड जोन, ८ वटा आधिकारिक सर्भिस सेन्टर २७ भन्दा बढी एथर ग्रिड फास्ट चार्जिङ प्वाइन्टहरु सञ्चालनमा छन् ।

स्मार्ट टचस्क्रिन ड्यासबोर्ड, छिटो चार्ज हुने सुविधा, ओभर–द–एयर अपडेट र उत्कृष्ट राइडिङ अनुभवजस्ता विशेषताका कारण एथर नेपालमा सबैभन्दा विश्वासिलो इलेक्ट्रिक स्कुटर ब्रान्डको रूपमा स्थापित भएको छ ।

यस नयाँ पहलले उन्नत प्रविधि, सजिलो स्वामित्व प्रक्रिया र भरपर्दो पूर्वाधारलाई एकसाथ जोड्दै नेपालमा ईभी अपनत्वलाई अझ तीव्र बनाउने एथरको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।

सम्बन्धित समाचारहरू

यस्ताे छ एथर इनर्जीको नयाँ ईएल प्लेटफर्म र एथरस्टेक ७.० सफ्टवेयर

यस्ताे छ एथर इनर्जीको नयाँ ईएल प्लेटफर्म र एथरस्टेक ७.० सफ्टवेयर

एथर इनर्जीले नयाँ ईएल प्लेटफर्म, एथरस्टेक ७.० सफ्टवेयर, नेक्स्ट जेन फास्ट...

एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप

एथर इलेक्ट्रिक स्कुटरको रेन्ज बढ्यो, मल्टी–मोड ट्र्याक्सन कन्ट्रोल लगायतका विभिन्न फिचर थप

एथर इनर्जीले भारतमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ४५० सिरिजको अपडेट रेन्ज...

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरका तीनवटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...