एथर ४५० एपेक्समा अव क्रुज कन्ट्रोल फिचर पनि, मूल्य कति ?

एथर इनर्जीले ४५० एपेक्सलाई क्रुज कन्ट्रोल फिचरसहित अपडेट गरेको छ । ४५० एपेक्सका प्रयोगकर्ताले ओभर–द–एयर (ओटिए अपडेट मार्फत ‘इन्फिनाइट क्रुज’ फिचर प्राप्त गर्न सक्ने जनाइएको छ । स्कुटरको मूल्य १ लाख ९० हजार भारु तोकिएको छ ।

इन्फिनाइट क्रुजलाई रिभर्स बटन प्रयोग गरेर सक्रिय गर्न सकिने कम्पनीको भनाइ छ । स्कुटरमा विशिष्ट राइडिङका लागि तीन फरक फङक्सन दिइएको छ । जसअनुसार, सिटी क्रुज समतल सडकहरूमा स्थिर गति कायम राख्न डिजाइन गरिएको हो ।

हिल क्रुजले निरन्तर थ्रोटल इनपुटको आवश्यकता बिना ग्रेडियन्टमा स्थिर गति कायम राख्छ । तेस्रो फङक्सनलाई क्रल कन्ट्रोल भनिन्छ, जुन एपेक्सको लागि मात्र हो । यसले राइडरलाई १० किलोमिटर प्रतिघण्टा भन्दा कम गतिमा स्थिर अनुमति दिन्छ ।

अपडेट गरिएको ४५० एपेक्समा पनि उही ३.७ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले ७ किलोवाट क्षमताको विद्युतीय मोटरलाई शक्ति दिन्छ । ई–स्कुटरको उच्चतम गति १०० किलोमिटर प्रतिघण्टा छ र सिंगल चार्जमा १५७ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

४० हजार रुपैयाँ सम्म घट्यो नेपालमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरको मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध एथर इलेक्ट्रिक स्कुटरका तीनवटै...

नयाँ रंगमा नेपाल आयो एथर रिज्टा

नयाँ रंगमा नेपाल आयो एथर रिज्टा

इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरको रिज्टा नयाँ रंगमा नेपाल आएको छ । एथर...

पारिवारिक उपयोगका लागि उत्तम इलेक्ट्रिक स्कुटर एथर रिज्टा, यस्तो छ विशेषता

पारिवारिक उपयोगका लागि उत्तम इलेक्ट्रिक स्कुटर एथर रिज्टा, यस्तो छ विशेषता

एथर इनर्जीले अन्ततः आफ्नो पहिलो पारिवारिक इलेक्ट्रिक स्कुटर एथर रिज्टा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...