बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले पिकअप सेग्मेन्टमै पहिलो पटक आफ्नो फोटोन टुनल्यान्ड ईका लागि ‘एस्योर्ड बाईब्याक’ स्किम ल्याएको छ ।
नेपालमा टुनल्यान्ड पिकअपको अत्यधिक सफलतापछि ग्राहकको विश्वास अझ बढाउनका लागि ल्याइएको यो योजनाअन्तर्गत टुनल्यान्ड ई पिकअप विक्री भएको पाँच वर्षपछि एमएडब्लु वृद्धि आफैंले निश्चित मूल्यमा किन्ने छ । नेपालमा फोटोनका उत्पादनको विश्वसनियताको परीक्षण सन् २०१९ देखि हुँदै आएको छ । ती उत्पादनको प्रदर्शन सन्तोषजनक भएपछि एमएडब्लु वृद्धिले यस्तो विशेष योजना ल्याएको बताएको छ ।
फोटोन पिकअपको उच्च विश्वसनियताले रिसेल बजारमा पनि यसको भ्यालु दमदार रहनेछ । ‘हाम्रा उत्पादनमाथि हाम्रो विश्वासकै कारण हामीले हाम्रो ब्रान्डलाई अँगाल्न यो अभुतपूर्व योजना ल्याएका हौं । हामीलाई विश्वास छ, आउँदा वर्षहरुमा हाम्रो पिकअपको भ्यालु उच्च रहनेछ । यसलाई विश्वस्त तुल्याउन हामीले बाई ब्याक स्किम ल्याएका हौं,’ एमएडब्लु वृद्धिका सेल्स हेड नविन आचार्यले भने ।
यससँग एमएडब्लु वृद्धिले एक्सचेन्ज बोनसका रुपमा तीन लाख रुपैयाँ, अनलिमिटेड फ्रि रोडसाइड असिस्टेन्स र पाँच वर्षसम्म विस्तार गर्न सकिने निःशुल्क सर्भिसिङको समेत घोषणा गरेको छ ।
२.८ लिटरको इनलाइन ४ सिलिन्डर, इलेक्ट्रिकल्ली कन्ट्रोल्ड हाई प्रेसर कमन रेलसहितको टर्बोचार्ज र इन्टरकुल फोरवाइड र ५ स्पिड म्यानुअल ट्रान्समिसन इन्जिन भएको टुनल्यान्ड ईले ३६०० आरपीएममा ८५ किलोवाट र २४०० आरपीएममा २८० एनएम टर्क उत्पन्न गर्छ । एक टन पेलोड क्यापासिटी भएको टुनल्यान्ड ईको कार्गो बक्सको आकार १.५२ मिटर बाई १.५८ मिटर बाई ०.४४ मिटर रहेको छ जुन क्लासमै सर्वोत्कृष्ट हो ।
फोटोन चीनको नम्बर १. कमर्सियल भेइकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटोनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटोनका पिकअप र भ्यान बिक्री–वितरण गर्दै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...