अशोक लेल्यान्डका सवारी साधन किन्न एभरेष्ट बैंकले ७ वर्ष अवधिका लागि ऋण दिने

काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरे ।

अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्ने छन् । ग्राहकको चाहना अनुसार अशोक लेल्यान्डका सवारी साधन किन्नका लागि बैंकले अधिकतम ७ वर्ष सम्मका लागि करिव १४ प्रतिशत सम्मको ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने छ ।

कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने छ । नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर सो कर्जा उपलब्ध हुनेछ ।

नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति भएको र देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको बताएको छ । कम्पनीले भनेको छ - विगत दुई वर्ष यता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ । हाल अशोक लेल्यान्ड नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ ।

हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

इकोविट विद्युतीय स्कुटर खरिदमा माछापुछ्रे बैंक मार्फत कर्जा सुविधा

इकोविट विद्युतीय स्कुटर खरिदमा माछापुछ्रे बैंक मार्फत कर्जा सुविधा

काठमाडौँ । इकोविट ब्राण्डका विद्युतीय स्कुटर र माछापुछ्रे बैंक...

आईएमई अटोमोटिभद्वारा महिलालाई निःशुल्क हेभी इक्विपमेन्ट अपरेटर तालिम शुरु

आईएमई अटोमोटिभद्वारा महिलालाई निःशुल्क हेभी इक्विपमेन्ट अपरेटर तालिम शुरु

काठमाडौं – आईएमई अटोमोटिभ एस्कर्ट्सले महिलाहरुलाई निःशुल्क हेभी...

सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’

सानेपामा खुल्यो अशोक लेल्यान्डको एक्स्क्लुसिभ रिटेल पार्ट्स आउटलेट ‘सासा अटोमोटिभ’

काठमाडौं – नेपाली अटोमोबाइल क्षेत्रमा सुपरिचित ब्रान्ड अशोक लेल्यान्डले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...