२०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको ३२८ बुकिङ, सुदृढ गर्दै अन्तर्राष्ट्रिय उपस्थिति
इन्डोनेसियामा सम्पन्न २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको...
काठमाडौं – विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी त्यसको बिक्री तथा बिक्री पछिको सेवा दिँदै आइरहेको आरोग्य मोटर्सले निकट भविष्यमा २०० सीसी क्षमताको डर्ट बाइक नेपाली बजारमा उतार्ने तयारी गरिरहेको जानकारी गराएको छ ।
चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड ‘एरोमा’ को नाममा तीन पाँग्रे सवारीसाधन आयात गर्दै आइरहेकोमा अब दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्री वितरणको व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।
आरोग्य मोटर्सका सेल्स एन्ड मार्केटिङ हेड शंकर शर्मा भन्छन्, ‘नेपालका अधिकांश सडकहरु कच्ची, अर्धकच्ची तथा ग्राभेल र खाल्डाखुल्डी हुनाले बाइकको ग्राउण्ड क्लियरेन्स अधिक हुनुपर्ने वाध्यताले गर्दा यस बाइकको ग्राउण्ड क्लियरेन्स २८० एमएम रहेको छ । त्यसै गरी त्यस्ता सडकहरुमा उकालो ओरालो बढी हुने हुनाले यो बाइक २०० सीसी क्षमताको रहेको छ । जसका कारण भैपरी आउने समस्याको चिन्ता नहुने किसिमको बाइकलाई हामीले बजारमा उतार्न गइरहेका छौं ।’
एयरकुल्ड सहित सिंगल सिलिण्डरको इन्जिन रहेको यो बाइकले ८६०० आरपीएममा १४.८ एचपी पावर र ६५०० आरपीएममा १४.९ एनएम टर्क जेनेरेट गर्छ । नेट तौल ११५ किलोग्राम रहेको यो बाइकले एक लिटर पेट्रोलमा ४० किलोमिटर भन्दा बढीको माइलेज प्रदान गर्ने बताइएको छ ।
पहिलो चरणमा एरोमा डर्ट बाइक १ मोडल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछ । हाइड्रोलिक सस्पेन्सन सहितको आरामदायक यो बाइकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ ।
शर्मा भन्छन्, ‘एरोमा बाइकलाई आगामी भदौ मसान्त भित्रबाट नै बिक्रीको लागि बजारमा ल्याउने हाम्रो प्रयास रहनेछ । त्यसका लागि हाल हामीसँग जोडिएका डिलर नेटवर्क र हाम्रा शाखा कार्यालय तथा थप जोडिने डिलरहरुबाट बिक्रीका लागि व्यवस्था मिलाइनेछ ।’
उनी भन्छन्, ‘हालसम्म दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न शहर तथा बजारमा हाम्रो डिलर तथा शाखा कार्यालयहरु रहेका छन् भने अन्य शहरमा नयाँ डिलर नियुक्तिको प्रकृया अघि बढाइएको छ । निकट भविष्यमा काठमाण्डौं उपत्यका लगायत नेपालका सातैवटा प्रदेशमा हाम्रा डिलरहरु विस्तारको तयारी भइरहेको छ ।’
कम्पनीले देशका प्रमुख शहरहरुमा डिलर लिन इच्छुक व्यवसायीहरुलाई समेत डिलर नेटवर्कमार्फत जोडिनका लागि आव्हान गरेको छ ।
इन्डोनेसियामा सम्पन्न २०२५ इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाको...
काठमाडौं – नेपाली बजारमा भित्रिने सार्वजनिक भएको चेरीको सब–ब्रान्ड काइई...
बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट बिक्री पार गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...