डोङफेङको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी नामी ०६ सार्वजनिक, नेपालमा पनि आउने
चीनको २०२५ सांघाई अटो शोमा डोङफेङको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी...
टेक्नोलोजीमा दिग्गज मानिने आईफोन निर्माता कम्पनी एप्पलले अटोमोबाइलमा डेब्यू गर्ने भएको छ । यतिबेला एप्पलको प्रोजेक्ट टाइटनको बारेमा निकै चर्चा चलिरहेको छ । रिपोर्टका अनुसार यसको लागि विशेषज्ञ र इन्जिनियरहरुको साथमा काम भइरहेको छ । यद्यपि यसको पुरा विवरण सार्वजनिक भएको छैन ।
एप्पलको ड्राइभररहित अटोनोमस इलेक्ट्रिक कारको बारेमा लामो समयदेखि अनुमान चलिरहेको छ । एप्पलले यस सम्बन्धमा विभिन्न अटोमोबाइल कम्पनीहरुसँग कुराकानी भइरहेको चर्चा पनि चलिरहेको छ । दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाई मोटर्ससँग भएको वार्ता पनि विना कुनै निष्कर्षमा टुङिगएको छ ।
त्यसपछि जापानी अटोमोबाइल कम्पनी निसानसँग पनि एप्पलको वार्ता भइरहेको चर्चा चलेको थियो । तर यसलाई निसान कम्पनीले अस्वीकार गरेको थियो । एप्पलले निसान र हुन्डाईबाहेक एसके ग्रुप र एलजी इलेक्ट्रोनिक्ससँग कुराकानी भइरहेको बताइएको छ ।
रिपोर्ट अनुसार एप्पल र टोयोटा बीच वार्ताको लागि समय निर्धारित गरिएको छ । उक्त वार्तामा भेइकल विकासको लागि सम्भावित साझेदारी के हुन सक्छ भन्ने विषयमा वार्ता भइरहेको अनुमान गरिएको छ । सो वार्ता ब्याट्रीको विकासको लागि हुन सक्ने अनुमान गरिएको छ ।
रिपोर्ट अनुसार एप्पल सन् २०२४ सम्ममा सेमी अटोनोमस इलेक्ट्रिक साधन लन्च गर्ने तर्फ ध्यान केन्द्रित रहेको विश्वास गरिएको छ । यदि यो सत्य भएमा अटोमोबाइल क्षेत्रमा ठूलो हलचल सिर्जना गर्न सक्छ । यसले टेस्लालाई मात्र नभई अन्य अटो कम्पनीहरुलाई पनि चुनौती दिन सक्छ । हाल बजारमा शाओमी र हुवावे बाहेक अन्य इलेक्ट्रोनिक्समा आधारित कम्पनीहरु अटोमोटिभ स्पेसमा प्रवेश गरिरहेका छन् ।
चीनको २०२५ सांघाई अटो शोमा डोङफेङको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी...
नेपाली ग्राहकको समेत इलेक्ट्रिक सवारीप्रतिको रुचि बढ्दै गएको छ । पछिल्लो...
काठमाडौं – निसानले नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...