सनरुफ सहित आउन सक्छ एप्पलको इलेक्ट्रिक कार, पेटेन्ट तस्विर लिक

आइफोन निर्माता कम्पनी एप्पलको इलेक्ट्रिक कार छिट्टै बजारमा प्रवेश गर्ने भएको छ । यसका लागि कम्पनीले तीव्र गतिमा काम गरिरहेको छ । एप्पल इंकले आफ्नो इलेक्ट्रिक कारको विकासलाई तीव्रता दिन जोड दिइरहेको छ । हालै यो कारको पेटेन्ट तस्विर लिक भएको छ ।

अनुमानित रिपोर्ट अनुसार एप्पलले यो परियोजना आफैं सुरु गर्न सक्नेछ । लिक भएको सनरुफ प्याटेन्टको स्केच सन् २०१६ को हो, त्यसपछि सन् २०२० मा केही अपडेट गरिएको थियो । कारको नयाँ डिजाइनमा नयाँ केही अपडेट नगरिए तापनि यसमा अत्याधुनिक टेक्नोलोजीको प्रयोग गरिने अनुमान गरिएको छ ।

नयाँ डिजाइनको स्केचमा केही विशेषता पनि देखिएको छ । यद्यपि यो प्रविधि अहिलेका कार मोडलहरूमा दिइँदै आएको छ, यसमा सनरुफ वैकल्पिक छ ।

एप्पल कारको सनरुफले लाउन्ज जस्तो अनुभव दिने दाबी गरिएको छ, जसमा कम्पनीले धेरै ध्यान दिएको छ । एप्पल कार क्याबिन प्रशस्तै स्पेसको साथ आउने सम्भावना छ । एप्पल कारले लेभल फोर वा लेभल फाइभ स्वायत्तता प्रदान गर्नेछ, जसमा पूर्ण रूपमा सेल्फ ड्राइभिङ टेक्नोलोजी हुनेछ ।

एप्पलले आफ्नो नयाँ प्रोजेक्ट टाइटनको नेतृत्व गर्न केभिन लिन्चलाई छनोट गरेको छ । केभिन लिन्चले एप्पल वाच सफ्टवेयर विकासको लागि पनि नेतृत्व गरेका थिए । लिन्चले एप्पल कारको पहिलो मोडललाई पूर्ण सेल्फ–ड्राइभिङ प्रणाली भएको कार बनाउनमा जोड दिइरहेका छन् । एप्पलले सन् २०२५ मा आफ्नो सेल्फ ड्राइभिङ कार लन्च गर्ने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचारहरू

लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कुटर थप दुई भेरिएन्ट र नयाँ कलरमा उपलब्ध

लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कुटर थप दुई भेरिएन्ट र नयाँ कलरमा उपलब्ध

काठमाडौं – लुयान ब्रान्डको एमएनके थ्री इलेक्ट्रिक स्कूटर थप दुइ नयाँ...

लन्च भयो लोभ लाग्दो प्रविधियुक्त दिपल एस०५, यस्ता छन् आकर्षक विशेषता

लन्च भयो लोभ लाग्दो प्रविधियुक्त दिपल एस०५, यस्ता छन् आकर्षक विशेषता

चांगान दिपल एस०५ चीनमा औपचारिक रुपमा लन्च भएको छ । दिपल एस०५ को ईभी र ईआरईभी...

बढ्दो पेट्रोलको मूल्य बीच इलेक्ट्रिक स्कुटर बन्न सक्छ उचित विकल्प

बढ्दो पेट्रोलको मूल्य बीच इलेक्ट्रिक स्कुटर बन्न सक्छ उचित विकल्प

कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...