सन् २०२३ : टाटा र हुन्डाईका कारसँग प्रतिस्पर्धा गर्न आउने छन् यी धेरै ब्रान्डका इलेक्ट्रिक कार
सन् २०२२ सकिदै छ । यो वर्ष धेरै इलेक्ट्रिक कार निर्माता कम्पनीहरुले यो...
कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै गएको छ । नेपाल आयल निगमले हिजोमात्र पेट्रोलमा ३ रुपैयाँले मूल्य वृद्धि गरी प्रतिलिटर १३९ रुपैयाँ पु¥याएको छ । पेट्रोलको मूल्य बढेसँगै सवारीसाधनको सञ्चालन खर्च समेत बढ्ने र यसले उपभोक्तामा आर्थिक व्यायभार थप्ने निश्चित प्रायः बनेको छ ।
यस्तो परिस्थितिमा कतिपय उपभोक्तालाई इन्धनबाट चल्ने सवारीसाधनको विकल्पका बारेमा सोच्न बाध्य समेत पारेको छ भने अर्कोतर्फ यस्ता साधनको विकल्पका रुपमा लिइने विद्युतिय सवारी साधनमा झट्ट मन गैहाल्ने मनस्थितिमा आम उपभोक्ता रहेको पाइदैन । यस्ता साधन संचालन गर्न नेपालमा अझै पर्याप्त पूर्वाधार नबनेको भन्दै उनीहरुले संशय व्यक्त गर्ने गरेका छन् ।
पेट्रोलको मूल्य बढ्दा सबैभन्दा बढी मार निम्न मध्यम आय भएका टु ह्विलर राइडरमा पर्ने देखिन्छ । गाडी चढ्ने हैसियत बनाएका उपभोक्ताहरु आर्थिक रुपले सम्पन्नशाली हुने हुँदा उनीहरुलाई थोरैमात्र रकमले वृद्धि भएको पेट्रोलको मूल्यले खासै असर नगर्ने भएपनि मोटरसाइकल र स्कुटर प्रयोग गर्ने अधिकांश कामकाजीका उपभोक्तालाई भने प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा समेत अहिले कच्चा तेलको मूल्य बढिरहेका कारण भोलिका दिनमा पेट्रोल अझै थप महंगो हुने निश्चित प्रायः छ । त्यसमाथि नेपाल आयल निगमको घाटा हरेक दिन करोडौ रुपैयाँले बढिरहेको छ । उक्त घाटालाई समायोजन गर्नका लागि पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगरी सुख छैन ।
यसरी पेट्रोलको मूल्य बढ्दै जाने हो भने उपभोक्तालाई ढिलोचाँडो विद्युतीय साधनमा जानैपर्ने बाध्यता आइपर्न सक्छ । जसका कारण इलेक्ट्रिक टु ह्विलरको माग बढ्दै जाने देखिन्छ । टु ह्विलर सेग्मेन्टमा अहिले एकसय किलोमिटर माथि रेन्ज दिने स्कुटर पर्याप्त मात्रामा उपलब्ध छन् । एकाध ब्रान्डले मोटरसाइकल समेत उपलब्ध गराएपनि प्रयोगकर्ताको आवश्यकता र आकांक्षालाई यी साधनले पूर्ति गर्ने अवस्था दिन सकेको छैन ।
स्कुटरको सम्भावना बलियो
सामान्यतया स्कुटरलाई सिटी राइडकै लागि भनेर निर्माण गरिएका कारण छोटो दुरीमा छिटो यात्रा गर्न सहज हुने साधनका रुपमा यसलाई लिने गरिन्छ । नेपालमा स्कुटरको प्रयोग महिला राइडरले बढीमात्रामा गर्ने गर्छन् । कार्यालय आउँजाउँ गर्न र सपिङ गर्ने प्रयोजनमा स्कुटरको प्रयोग बढीमात्रामा हुने गरेको पाइन्छ । कतिपय राइडरले भने स्कुटरमै हाइवेको लामो यात्रा समेत तय गर्ने गर्छन् ।
जे होस्, नेपालमा एउटा स्कुटरले दैनिक औसतमा ५० किलोमिटरभन्दा बढी यात्रा तय नगर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । यति यात्रा तय गर्न डेढ लिटरसम्म पेट्रोल खर्च हुने गरेको पाइन्छ । जुन लागतको हिसावले २ सय रुपैयाँभन्दा बढी हो । तर इलेक्ट्रिक स्कुटरमा उक्त दुरीको यात्रा तय गर्न जम्मा २० रुपैयाँ पनि नलाग्ने यस्ता स्कुटर आयात गर्ने व्यवसायी बताउँछन् ।
एक व्यवसायीका अनुसार नेपालमा इलेक्ट्रिक स्कुटरको प्रयोग जुनमात्रामा बढ्नुपर्ने हो, त्यस मात्रामा हुन सकिरहेको छैन । संचालन खर्च एकदमै न्यून आउने विशेषताका बावजुद नेपालमा इलेक्ट्रिक स्कुटरले बजार लिन नसक्नुलाई उनी उपभोक्ताहरुमा रहेको परम्परागत सोच दोषी रहेको ठहर गर्छन् । उनी भन्छन, ‘हिजो बजारमा चलेको नराम्रो हल्लालाई आधार मानेर भोलिका दिनमा पनि त्यस्तै त हुने होला नी भन्ने जुन सोचाई उपभोक्तामा गढेर बसेको छ, यसले नेपालमा इलेक्ट्रिक स्कुटरको बजार विस्तार गर्न रोकावट पैदा गरिरहेको छ ।’ विगतमा यस्ता स्कुटर खरिद गर्ने ग्राहकलाई केही आयातकर्ता कम्पनीले शर्त बमोजिम सर्भिस दिन नसकेका कारण हालसम्म पनि यस्ता स्कुटरमा उपभोक्ताहरु सकारात्मक बन्न सकिरहेका छैनन् ।
घरमा उपलब्ध सामान्य प्लगबाटै ब्याट्री चार्ज गर्न मिल्ने विशेषताका कारण इलेक्ट्रिक स्कुटरमा चार्जिङको समस्या त्यति ठूलो रहेको पाइदैन । एकपटक फूल चार्ज गरेपछि १ सय किलोमिटरसम्म यात्रा गर्न सकिने हुँदा छोटो दुरीमा यात्रा तय गर्न कुनै चिन्ता गर्नुपर्ने समेत देखिँदैन । हाल बजारमा उपलब्ध केही यस्ता स्कुटरमा उत्पादक कम्पनीले अत्याधुनिक लिथियम आयोन ब्याट्री प्याक दिएका कारण ब्याट्री समेत लामो समयसम्म टिक्ने देखिन्छ । जसका कारण छोटो समयावधिमै ब्याट्री फेर्नु पर्ने समस्या समेत दुर भएको छ ।
यी र यस्ता विशेषताका कारण नेपालमा इलेक्ट्रिक स्कुटर पेट्रोलबाट चल्ने स्कुटरको राम्रो विकल्प बन्ने देखिएको छ ।
सन् २०२२ सकिदै छ । यो वर्ष धेरै इलेक्ट्रिक कार निर्माता कम्पनीहरुले यो...
काठमाडौं – विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी त्यसको बिक्री तथा...
काठमाडौं – नेपाली बजारमा चिनियाँ अटोमोबाइल कम्पनी चेरीको सब–ब्रान्ड काई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...