चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान
मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...
प्रविधि क्षेत्रको लोकप्रिय कम्पनी एप्पलले अटोनोमस इलेक्ट्रिक कार निर्माण गर्न लागेको चर्चा केही समय यता चर्चामा छ । अहिले भने एप्पलले चीनको सीएटीएल र बीवाईडी जस्ता कम्पनीसँग इलेक्ट्रिक कारका लागि ब्याट्री आपूर्ति गर्ने समझदारीका लागि वार्तामा रहेको चर्चा चलेको छ ।
रिपोर्ट अनुसार एप्पलले ब्याट्री सप्लाईका लागि आवश्यक म्यानुफ्याक्चरिङ प्लान्ट अमेरिकामा राख्नु पर्ने शर्त राखेको छ । यद्यपि सीएटीएलले हाल अमेरिका र चीन बीच रहेको राजनीतिक तनावको अवस्थामा अमेरिकामा आफ्नो प्लान्ट राख्नेमा चासो दिएको छैन । सीएटीएलले टेस्लाका साथै विभिन्न कम्पनीहरुलाई ब्याट्री आपूर्ति गरिरहेको छ ।
हाल वार्ता प्रारम्भिक चरणमा रहेकाले सबै तथ्य सार्वजनिक भएको छैन । एप्पलले संसारका अन्य कम्पनीसँग पनि सहकार्यको लागि वार्ता गरिरहेको हुन सक्छ । सीएटीएल विश्वको सबैभन्दा ठूलो अटोमोटिभ ब्याट्री निर्माता कम्पनी हो भने बीवाईडी संसारकै चौथो ठूलो कार निर्माता कम्पनी हो ।
यो भन्दा पहिले एप्पलले आफ्नो इलेक्ट्रिक कारका लागि आफै नै ब्याट्री प्रविधि विकसित गर्न लागेको चर्चा पनि चलेको थियो । अहिले पनि सीएटीएल र बीवाईडीसँगको समझदारी अनुसार एप्पलको आफ्नै प्रविधि पनि प्रयोग हुन्छ वा हुँदैन भन्ने कुरा केही थाहा भएको छैन ।
मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...
काठमाडौं – नेपाली बजारमा पहिलो पटक एरोमा ब्रान्डको डर्ट बाइक भित्रिएको छ ।...
काठमाडौं – बीएमडब्ल्युको आईएक्स वान इलेक्ट्रिक एसएभी अर्थात स्पोर्ट्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...