१५ हजार बढेर नेपाल आउने भयो आरसी २०० को नयाँ मोडल, आइतबारदेखी शोरुममा उपलब्ध हुने

केटिएम आरसी २०० को २०२२ मोडल २ दिनपछि नेपाल आउने भएको छ । आइतबारदेखी शोरुममा उपलब्ध हुने यो बाइकको मूल्य ६ लाख ७४ हजार ९ सय रुपैयाँ पर्ने आधिकारिक बितरक हंसराज हुलासचंद एन्ड कम्पनी स्रोतले बताएको छ । जुन यसअघि कारोबार भैरहेको पुरानो मोडलको तुलनामा १५ हजार रुपैयाँले बढी हो । पुरानो मोडललाई कम्पनीले ६ लाख ५९ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

पुरानो मोडलमा १६ भन्दा बढी अपडेट गरेर ल्याइएको यो नयाँ मोडलको इन्जिन र पावरट्रेनमा भने कुनै फेरबदल गरिएको छैन । हलुका फ्रेममा आधारित रहि निर्माण गरिएको यो बाइकमा अपडेट गरिएको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर थप गरिएको छ । यो नयाँ बाइकको ह्यान्डल बारलाई राइडरले आफू अनुकुल एड्जस्ट गर्न सक्नेछन् ।

यसैगरी यसमा नयाँ एलइडी हेड लाइट, पहिलेका भन्दा अझै सार्प टेलगेड डिजाइन र हाई–स्ट्रेन्थ ह्विल दिइएको छ । यो नयाँ बाइकमा केटिएमले सुपरमोटो एबिएस समेत थप गरेको छ । जुन यसअघिका उच्च मोडलमा मात्र उपलब्ध रहँदै आएको थियो ।

आरसी २०० को यो नयाँ मोडलमा १३.७ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ । जुन यसअघिको मोडलमा जम्मा ९.५ लिटरमात्र रहेको थियो । यसको साथै यो बाइकमा ठूलो एयरबक्स, नयाँ स्टिफर, हलुका स्प्लिट स्टिल फ्रेम, नयाँ कर्भड रेडियटर र लेजर टेक्स्चर सहितको अनौठो विन्डस्क्रिन जस्ता फिचर्स थप गरिएको छ ।

यो बाइकमा पुरानै मोडलमा उपलब्ध गराइएको २ सय सिसी क्षमताको लिक्वड कुल्ड सिंगल सिलिन्डर इन्जिनलाई निरन्तरता दिइएको छ । जसको अधिकतम पावर २४.६ बिएचपी र टर्क १९.२ एनएम रहेको छ ।

सम्बन्धित समाचारहरू

केटीएमले ५० हजारको दरले घटायो दुई बाइकको मूल्य

केटीएमले ५० हजारको दरले घटायो दुई बाइकको मूल्य

काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

केटिएम ३९० ड्युक र ट्रायम्फ ४०० मा अव १० वर्षको वारेन्टी

केटिएम ३९० ड्युक र ट्रायम्फ ४०० मा अव १० वर्षको वारेन्टी

बजाजले भारतमा केटिएम ३९० ड्युक र ट्रायम्फका सबै ४०० सीसी मोडलमा १० वर्षको...

केटिएम ३९० एड्भेन्चरको नयाँ भेरिएन्ट आउँदै, यी फिचर थप हुने

केटिएम ३९० एड्भेन्चरको नयाँ भेरिएन्ट आउँदै, यी फिचर थप हुने

केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल एडभेन्चर ३९० को नयाँ भेरिएन्ट लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...