नेपाली बजारमा आयो सबैभन्दा बढी रेन्ज ५२२ किमी दिने बीवाईडीको इलेक्ट्रिक कार

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सेकेन्ड जेनेरेसन अल न्यु बीवाईडी ई६ इलेक्ट्रिक कार नेपाली बजारमा लन्च गरेको छ ।

नयाँ बीवाईडी ई६ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार बनेको छ । यसमा भएको ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री प्याकका कारण यसले सिंगल चार्जमा ५२२ किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसैगरी यसमा भएको ७० किलोवाटको इलेक्ट्रिक मोटरले १८० एनएम टर्क जेनेरेट गर्छ ।

ब्लेड ब्याट्री हाल बजारमा आएको नयाँ प्रविधिको ब्याट्री हो, जसलाई इलेक्ट्रिक गाडीमा प्रयोग गर्न सकिन्छ ।ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री उपलब्ध छन् । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।

नयाँ बीवाईडी ई६ मा स्मुथ र कम्फर्टेबल राइडको अनुभव गर्न सकिन्छ । यसमा ५८० लिटरको बुट स्पेस र इन्टेरियरमा भएको प्रशस्तै स्पेसले यसलाई थप सुविधाजनक बनाएको छ । यसमा भएको म्याकफर्सन स्ट्रट फ्रन्ट सस्पेन्सन र रियर मल्टी–लिंक सस्पेन्सन च्यासिसले यसले प्रदान गर्ने सुविधालाई थप बढाएको छ ।

बीवाईडी ई६ कारलाई विभिन्न तरिकाले चार्ज गर्न सकिने भएकाले आफूलाई उपयुक्त अप्सन प्रयोग गर्न सकिन्छ । यसलाई चार्ज गर्नका लागि एसी र डीसी फास्ट चार्जिङ दुवै अप्सन प्रयोग गर्न सकिन्छ । एसी फास्ट चार्जरले २ घण्टामा र डीसी बुस्ट चार्जरले १ घण्टा १० मिनेट सम्ममा यसलाई फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी ६.६ किलोवाट होम चार्जरले यसलाई १० घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

अल न्यु बीवाईडी ई६ बोसको अत्याधुनिक आईपीबी इन्टेलिजेन्ट इन्टिग्रेटेड ब्रेक कन्ट्रोल सिस्टम प्रयोग गरिएको विश्वकै पहिलो इलेक्ट्रिक कार हो । यसका कारण ब्रेकिङ फिल स्मुथ हुनुका साथै फास्ट रेस्पोन्स हुन्छ । यसले ब्रेकिङलाई सहज बनाउँछ ।

गाडीमा ईपीएस, एबीएस, ईएसपी, ईपीबी, भीडीसी, बीओसी, ईबीडी, हिल स्टार्ट असिस्ट कन्ट्रोल, हाइड्रोलिक ब्रेक फोर्स डिस्ट्रिब्युसन आदि सेफ्टी फिचर उपलब्ध छन् ।

५ सिट क्षमताको नयाँ बीवाईडी ई६ को लम्बाई, चौडाई र उचाई क्रमशः ४६९५ एमएम, १८१० एमएम र १६७० एमएम छ । यसको ह्विलबेस २८०० एमएम छ । त्यसैगरी १७५ एमएम ग्राउन्ड क्लियरेन्स छ ।

बीवाईडीको यो इलेक्ट्रिक कारमा भएको ब्याट्रीमा ८ वर्ष वा ५ लाख किलोमिटर सम्मको वारेन्टी प्रदान गरिने कम्पनीको भनाइ छ । त्यसैगरी मोटर, इलेक्ट्रोनिक कन्ट्रोल सिस्टम र ट्रान्समिसन एसेम्बलीमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर सम्मको वारेन्टी प्रदान गरिने छ ।

नयाँ बीवाईडी ई६ विभिन्न ४ कलर अप्सन ब्ल्याक ब्लु, ग्रिन ह्वाइट, डक्टर ब्ल्याक र क्रिस्टल ह्वाइटमा उपलब्ध हुनेछ । यसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो...

काठमाडौं आइपुग्यो कामाको विद्युतीय कन्टेनर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं आइपुग्यो कामाको विद्युतीय कन्टेनर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । हालै...

१०० बढि स्थानमा एमएडब्लु बृद्धिको डिसी फास्ट चार्जर, थप विस्तार हुँदै

१०० बढि स्थानमा एमएडब्लु बृद्धिको डिसी फास्ट चार्जर, थप विस्तार हुँदै

काठमाडौं– ईभी व्यापारमा निकै नै आक्रमक तवरले प्रस्तुत हुँदै आएको एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...