हाउजेका देशभरका शोरुममा चल्दै एक्सचेन्ज अफर, १५ हजार छुट

काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्सचेन्ज अफर सुरु गरेको छ । भदौ २ गते सुरु एक्सचेन्ज अफर १५ दिनसम्म चल्ने कृष्ण इन्टरनेसनलका सेल्स म्यानेजर रुक्सान खत्रीले जानकारी दिए ।

एक्सचेन्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा अतिरिक्त १५ हजार रुपैयाँ मूल्यांकन गरिने तथा नगदमा बाइक खरिद गर्दा पनि १५ हजार रुपैयाँ छुट प्रदान गरिने खत्रीले जानकारी दिए ।
काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ । काठमाडौं उपत्यकाको टेकु, नयाँबजार, चाबहिल र बनेपामा हाउजेको शोरुम छन् ।

उपत्यका वाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छ । हाउजेको एनके १५० सीसीको बाइक धेरैको रोजाईमा परेको बताउँदै खत्रीले एक्सचेन्ज अफरले ग्राहक अझै बढी आकर्षित हुने विश्वास व्यक्त गरे ।

चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको खत्रीले बताए । कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ । ‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भने । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।

इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्ट्ससमेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले जानकारी दिए । ‘बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै हामीले सेवा प्रदान गरिरहेका छौं,’ खत्रीले भने ।

सम्बन्धित समाचारहरू

नयाँ ग्राफिक्ससहित भित्रियो क्रसफायर एचजे २५० को डार्क एडिसन

नयाँ ग्राफिक्ससहित भित्रियो क्रसफायर एचजे २५० को डार्क एडिसन

क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड...

बनेपामा खुल्यो हाउजे बाइकको शोरुम, १५ हजार रुपैयाँ छुट

बनेपामा खुल्यो हाउजे बाइकको शोरुम, १५ हजार रुपैयाँ छुट

काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...