बीएमडब्ल्युले चाँडै नै अल इलेक्ट्रिक मिनी कन्ट्रिम्यान लन्च गर्ने

जर्मनीको चर्चित कार निर्माता कम्पनी बीएमडब्ल्युले चाँडै नै नेक्स्ट जेनेरेसन मिनी कन्ट्रिम्यानको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने तयारी गरिरहेको छ । बीएमडब्ल्युका अनुसार सो कारको निर्माण जर्मनको लेपजिग प्लान्टमा गरिनेछ । कम्पनीका अनुसार आउँदो समयमा इलेक्ट्रिक कारको माग बढ्नेछ त्यसैले कम्पनीले मिनी कन्ट्रिम्यानको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्न लागेको हो ।

बीएमडब्ल्युका अनुसार मिनी कन्ट्रिम्यान कार पेट्रोल र डिजेल भेरिएन्टमा समेत लन्च गरिने छ । कम्पनीका अनुसार आउने समयमा इलेक्ट्रिक कारको माग बढे पनि पेट्रोल र डिजेल कारका प्रयोगकर्ता समेत उत्तिकै हुनेछन् । त्यसैले बीएमडब्ल्युले सबै ग्राहकलाई आवश्यकता अनुसार कार निर्माण गर्नेछ ।

यद्यपि मिनीले केही समय देखि इलेक्ट्रिक कार निर्माण गरिरहेको छ । कम्पनीले अब नेक्स्ट जेनेरेसन मिनी कन्ट्रिम्यान सार्वजनिक गर्ने भएको छ । गएको वर्ष मिनी कुपर एसई इलेक्ट्रिक कार अस्ट्रेलियामा बम्पर बिक्री गरेको थियो । त्यसपछि बीएमडब्ल्यु ग्रुपले मिनी कन्ट्रिम्यानको इलेक्ट्रिक भेरिएन्ट पनि तयार पारेको हो । बीएमडब्ल्यु ग्रुपको इलेक्ट्रिक कारको बिक्री ८.६ प्रतिशत बढेको छ । आउने समयमा सो बिक्रीमा सकारात्मक असर पर्ने सम्भावना रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...