लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
जर्मनीको चर्चित कार निर्माता कम्पनी बीएमडब्ल्युले चाँडै नै नेक्स्ट जेनेरेसन मिनी कन्ट्रिम्यानको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने तयारी गरिरहेको छ । बीएमडब्ल्युका अनुसार सो कारको निर्माण जर्मनको लेपजिग प्लान्टमा गरिनेछ । कम्पनीका अनुसार आउँदो समयमा इलेक्ट्रिक कारको माग बढ्नेछ त्यसैले कम्पनीले मिनी कन्ट्रिम्यानको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्न लागेको हो ।
बीएमडब्ल्युका अनुसार मिनी कन्ट्रिम्यान कार पेट्रोल र डिजेल भेरिएन्टमा समेत लन्च गरिने छ । कम्पनीका अनुसार आउने समयमा इलेक्ट्रिक कारको माग बढे पनि पेट्रोल र डिजेल कारका प्रयोगकर्ता समेत उत्तिकै हुनेछन् । त्यसैले बीएमडब्ल्युले सबै ग्राहकलाई आवश्यकता अनुसार कार निर्माण गर्नेछ ।
यद्यपि मिनीले केही समय देखि इलेक्ट्रिक कार निर्माण गरिरहेको छ । कम्पनीले अब नेक्स्ट जेनेरेसन मिनी कन्ट्रिम्यान सार्वजनिक गर्ने भएको छ । गएको वर्ष मिनी कुपर एसई इलेक्ट्रिक कार अस्ट्रेलियामा बम्पर बिक्री गरेको थियो । त्यसपछि बीएमडब्ल्यु ग्रुपले मिनी कन्ट्रिम्यानको इलेक्ट्रिक भेरिएन्ट पनि तयार पारेको हो । बीएमडब्ल्यु ग्रुपको इलेक्ट्रिक कारको बिक्री ८.६ प्रतिशत बढेको छ । आउने समयमा सो बिक्रीमा सकारात्मक असर पर्ने सम्भावना रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...