लामो समय कुर्नुपर्ने भएपछि क्रेटाको बिकल्प बन्दै अल्काजार

बिश्वब्यापी सेमिकन्डक्टर अभाव र कोभीड महामारीका कारण उत्पादन कटौती गर्नुपरेको हुन्डाईले आफ्ना कतिपय चर्चित मोडलको माग बमोजिम आपूर्ती गर्न सकिरहेको छैन । जसका कारण क्रेटा लगायत केही लोकप्रिय मोडललाई हात पार्न ग्राहकले एब बर्षसम्म कुर्नुपर्ने अबस्था देखिएको छ । यो समस्याबाट सबैभन्दा बढी मारमा कम्प्याक्ट एसयुभी क्रेटा पर्दै आइरहेको छ ।

क्रेटाको माग भारतमा मात्र नभई नेपाल लगायत बिश्वका अन्य राष्ट्रहरुमा समेत उत्तिकै मात्रामा बढिरहेको छ । यो एसयुभीको बढ्दो मागलाई मध्येनजर गर्दै भारतमा उसका डिलरहरुले क्रेटाको सट्टा अल्काजार एसयुभी खरिद गर्नु उत्तम हुने सल्लाह दिन थालेका छन् । त्यसो त अल्काजारलाई समेत ग्राहकले भनेकै समयमा खरिद गर्न सकिने अबस्थामा छैन । यो एसयुभी हात पार्न समेत ग्राहकले ३ महिनासम्म कुर्नुपर्नेछ । क्रेटाको तुलनामा कम समय कुर्नुपर्ने भएपछि ग्राहकले समेत २ लाख भारतीय रुपैयाँ बढी मूल्य तिरेरै भएपनि अल्काजार खरिद गर्न थालेका छन् ।

बजारमा अहिले क्रेटा ११५ एचपी पावर भएको १.५ लिटर पेट्रोल र डिजेल तथा १४० हर्ष पावर भएको १.४ लिटर टर्बो पेट्रोल इन्जिन सहित कुलन तीन इन्जिन अप्सनमा उपलब्ध रहँदै आएको छ । त्यसैगरी अल्काजार भने ११५ हर्षपावर भएको १.५ लिटर डिजेल र १५९ हर्षपावरयुक्त २.० लिटर गरी कुल दुई इन्जिन अप्सनमा उपलब्ध छ ।

भारतीय बजारमा क्रेटाको बिकल्पका रुपमा अल्काजारलाई लिइए पनि नेपालमा भने हालसम्म यो एसयुभी भित्रिने मिती टुंगो लागिसकेको छैन । जसका कारण ग्राहकले कुरेरै भएपनि क्रेटा किन्नुको बिकल्प देखिँदैन । भारतमा जस्तै नेपाली बजारमा समेत क्रेटाको अधिकांश मोडलले अभावको समस्या झेल्नु परेको छ । यो एसयुभीलाई हात पार्न ग्राहकले ६ महिनासम्म कुर्नुपर्ने आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले जनाएको छ ।

सम्बन्धित समाचारहरू

भारत मोबिलिटी एक्सपोमा हुन्डाईको फ्ल्यागशिप ईभी ‘आयोनिक–९’ अवलोकन गर्न पाइने

भारत मोबिलिटी एक्सपोमा हुन्डाईको फ्ल्यागशिप ईभी ‘आयोनिक–९’ अवलोकन गर्न पाइने

हुन्डाईको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी आयोनिक–९ भारतमा जनवरी २०२५ मा...

हुन्डाईले भारतमा ९० लाख कार बिक्री गर्दै बनायाे ऐतिहासिक रेकर्ड

हुन्डाईले भारतमा ९० लाख कार बिक्री गर्दै बनायाे ऐतिहासिक रेकर्ड

हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा आफ्नो ३० वर्ष पूरा गर्न लाग्दै...

नेपाली बजारमा समेत उपलब्ध अयोनिक ५ ले जित्यो ‘वल्र्ड कार अफ दि इयर’ अवार्ड

नेपाली बजारमा समेत उपलब्ध अयोनिक ५ ले जित्यो ‘वल्र्ड कार अफ दि इयर’ अवार्ड

हुन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ ले यस वर्षको ‘वल्र्ड कार अफ दि इयर’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...