अब मादक पदार्थ सेवन गरी ड्राइभिङ सिटमा बस्दा तुरुन्तै बज्ने छ अलार्म

मदिरा सेवन गरी सवारी चलाउनु सडक दुर्घटनाको प्रमुख कारण हो । जसका कारण वर्षेनी हजारौं मानिसले ज्यान गुमाउने गरेका छन् । यति हुँदाहुँदै पनि मदिरा सेवन गरेर सवारी चलाउने सङ्ख्या घटिरहेको छैन ।

अमेरिकामा मदिरा सेवन गरेर ड्राइभ गरेको छ÷छैन भन्ने पत्ता लगाउन सक्ने टेक्नोलोजीको विकास भइरहेको छ । यो टेक्नोलोजीलाई अल्कोहल इम्पेयरमेन्ट डिटेक्शन सिस्टम नाम दिइएको छ । यसलाई सिधै कारमा इन्स्टल गर्न सकिन्छ ।

सो सिस्टमले धेरै तरिकामार्फत काम गर्छ । यसले निरन्तर चालकको अनुहारको निगरानी गरिरहन्छ । यसले ड्राइभर डिटेक्शन सिस्टमले जस्तै कार्य गर्छ । यदि चालक मदिरा सेवन गरेर कार ड्राइभ गर्न बसेमा तुरुन्तै अलार्म बज्न थाल्छ । यद्यपि, यो सिस्टम अझै पूर्ण रूपमा विकसित भएको छैन ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले कार निर्मातालाई यी सेफ्टी फिचर सबै सवारी साधनमा स्ट्यान्डर्डको रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । यस्तो आधुनिक प्रविधिबाट धेरै दुर्घटना रोक्न र धेरैको ज्यान जोगाउन सकिने एनटीएसबीको अनुमान छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...