सेरेसले सार्वजनिक ग-यो बजारमा आउने एइटो एम८ को एक्सटेरियर, आउन सक्छ नेपाल

चिनियाँ सवारी साधन निर्माता कम्पनीले सेरेसले नयाँ ब्रान्ड एइटोको नयाँ एसयूभी एम८ को पेटेन्ट इमेजका लागि आवेदन दिएको छ । सो गाडीको वाहिरी भाग अर्थात एक्सटेरियर नयाँ डिजाइन ल्यांग्वेजमा उपलब्ध हुनेछ ।

एइटो एम८ को पेटेन्ट इमेज अनुसार यसको वाहिरी भागमा रहेको मुख्य फिचर हेडलाइट रहेको छ । दुई रनिङ एलईडी लाइट स्ट्रिप्सले हेडलाइटलाई जोड्छन् । यसको फ्रन्ट इन्ड क्लोज रहेको छ र कुनै रेडिएटर ग्रिल छैन । यसमा ब्ल्याक पिलर र रुफ रहेको छ ।

इसमा रिट्र्याक्टेबल डोर ह्यान्डल र रुफमा माउन्ट गरिएको लिडार सेन्सर जस्ता फिचर रहेका छन् । पछिल्लो भागमा अलिकति झुकेको डी–पिलर रहेको छ । त्यसैगरी सिंगल टेललाइट युनिट र इन्टिग्रेटेड रिफ्लेक्टर सहितको रियर बम्पर रहेको छ ।

यो भन्दा पहिले गत अगस्त महिनामा एइटो एम८ क्रसओभर चीनको सडकमा परीक्षणको समयमा देखिएको थियो । यसको इन्टेरियर हाल उपलब्ध एएटो एम९ सँग धेरै कुरामा मिल्दो थियो । एइटो एम८ को अन्य स्पेक भने अझै सार्वजनिक भएको छैन ।

टेक्नोलोजी जायन्ट हुवावे र अटोमोबाइल निर्माता कम्पनी सेरेसको ज्वाइन्ट प्रोजेक्टको रुपमा एइटोको स्थापना भएको थियो । यही वर्षको जुलाईमा सेरेसले हुवावेबाट एइटोको ट्रेडमार्क र पेटेन्ट किनेको थियो । तर अहिले पनि हुवावेले नै यसका लागि मुख्य पार्ट्स र सफ्टवेयर सप्लायरको रुपमा कार्य गरिरहेको छ ।

सेरेसले प्लेटफर्म विकास, उत्पादन र अन्तर्राष्ट्रिय बजारमा बिक्री कार्य गरिरहेको छ । गत जनवरी देखि सेप्टेम्बर सम्मको अवधिमा एइटो ब्रान्डका २ लाख ८९ हजार ४७९ युनिट सवारी साधन बिक्री भइसकेका छन् । हाल एइटोका तीन क्रसओभर एम५, एम७ र एम९ उपलब्ध छन् ।

आगामी दिनमा एउटा नयाँ सवारी साधनको रुपमा एइटो एम८ उपलब्ध हुने अनुमान गरिएको छ ।

नेपाली बजारमा सेरेसका उत्पादन उपलब्ध छन् । एमएडब्लु वृद्धिले नेपाली बजारमा सेरेसका उत्पादन बिक्री–वितरण गरिरहेको छ । यसका आधारमा भविष्यमा नेपालमा समेत एइटो ब्रान्ड उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

लुयानले ल्यायो प्रि-मनसुन अफर, एस ७० प्रो किन्दा ३० हजार छुट

काठमाडौं–लुयान स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड एनले...

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...

जीहो ईभी केयर क्याम्प सुरु, इलेक्ट्रिक स्कुटर चेकअप र अन्य फाइदा लिन सकिने

जीहो ईभी केयर क्याम्प सुरु, इलेक्ट्रिक स्कुटर चेकअप र अन्य फाइदा लिन सकिने

काठमाडौं – नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...