आन्तरिक उडानको हवाई भाडा घट्यो, कुन गन्तव्यको कति ?

काठमाडौं– इन्धनको मूल्यमा गिरावटसँगै आन्तरिक गन्तव्यका हवाई भाडा घटाइएको छ । देशका प्रमुख सहर जोड्ने अधिकांश आन्तरिक रुटमा हवाई भाडा घटाइएको हो ।

बुधबार (पुस १६) नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडा घटाएको हो ।

काठमाडौं–माउन्टेन फ्लाइटको भाडा प्रतियात्रु चार हजार ३९० रुपैयाँ कायम गरिएको छ । काठमाडौं–माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटाइएको हो ।

काठमाडौं–भद्रपुरमा प्रतियात्रु १८० ले भाडादर घटाउँदै तीन हजार ८४५ रुपैयाँ कायम गरिएको छ । काठमाडौं–विराटनगरमा १४० ले भाडादर घटाउँदै तीन हजार ७५ रुपैयाँ निर्धारण गरिएको छ ।

काठमाडौं–जनकपुरमा एक हजार ६४५, काठमाडौं–भरतपुरमा एक हजार ३७० रुपैयाँ हवाई भाडादर कायम गरिएको छ ।

काठमाडौं–पोखरामा दुई हजार ३०, काठमाडौं–भैरहवामा दुई हजार ६३५, काठमाडौं–नेपालगन्जमा चार हजार १७०, काठमाडौं–धनगढीमा पाँच हजार ६५५, काठमाडौं–तुम्लिङटारमा दुई हजार ३६०, काठमाडौं–सिमरामा एक हजार १५०, काठमाडौं–सुर्खेतमा चार हजार ४२० र काठमाडौं–राजविराजमा दुई हजार ६१५ रुपैयाँ भाडादर कायम गरिएको प्राधिकरणले जनाएको छ ।

पोखराबाट हुने उडानमा पनि भाडा घटाइएको छ । अरू क्षेत्रीय रुटमा पनि हवाई भाडा घटाइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...