पोखरा शोरुममा आईपुग्यो लीपमोटर बी१०, केहि दिनमै देशभर डेलिभरी गरिने
काठमाडौं–लीपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० कोरोला बार्डर...
काठमाडाैं - सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एवाेन भीको ब्रान्ड एन्डोर्सरका रुपमा नियुक्त गरेको छ । कम्पनीले अभिनेत्री राउतलाई नियुक्तिसँगै उक्त गाडी हस्तान्तरण समेत गरेको हो।
सीजी मोटर्सका जीएम-सेल्स सुशील क्षेत्रीले भने, ‘हामी वर्षा राउतलाई एवाेन भीको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ। उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता एवाेन भीको पहिचानसँग पूर्ण रूपमा मेल खान्छ। हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौँ।’
कम्पनीका अनुसार एवाेन भीमा रहेको ७५.३ किलोवाट क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ, जसले रेन्ज एन्जायटीलाई पूर्ण रूपमा हटाउँछ। दूरदर्शी, महत्वाकांक्षी र सचेत चालकहरूका लागि निर्माण गरिएको यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गर्छ।
चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित भएकाे बताएको छ। नेपालमा एवाेन ईभीको आधिकारिक बिक्रेताको रूपमा सीजी मोटर्सले देशलाई सफा र सशक्त भविष्यतर्फ अग्रसर गरिरहेको बताएकाे छ।
२० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेशनहरूमार्फत सीजी मोटर्सले आफ्नो ग्राहकहरू र सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र भरपर्दो सेवा प्रदान गर्दै आएको छ।
काठमाडौं–लीपमोटरको वहुप्रतिक्षित बिद्युतीय एसयुभी बी१० कोरोला बार्डर...
चीनको शेन्जेनमा आयोजित एसिया प्यासिफिक डिलर कन्फ्रेन्स २०२६ मा नेपालका...
काठमाडौं – हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...