चीनमा दैनिक ३ नयाँ ईभी सार्वजनिक, ब्याट्रीको गुणस्तरमा समस्या आउने सीएटीएलको चेतावनी
काठमाडौं–चिनियाँ बजारमा तीव्र प्रतिस्पर्धा र छोटो समयमै नयाँ मोडलहरू...
काठमाडौं - नेपालमा प्रिमियम इलेक्ट्रिक मोबिलिटीलाई थप सुलभ बनाउने उद्देश्यले एवाेन ईभीकाे आधिकारिक वितरक सीजी माेटर्सले “The Extraordinary Offer” नामक विशेष प्रोमोशनल अफर सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने यो अफर अन्तर्गत ग्राहकहरूले एवाेन गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस अफरको उद्देश्य प्रिमियम इलेक्ट्रिक गाडीहरूलाई अझ सुलभ बनाउनुका साथै नेपालको स्वच्छ र दिगो भविष्य निर्माणतर्फको एवाेनको दृष्टिकोणलाई सुदृढ गर्नु हो। मूल्य छुटको अतिरिक्त ग्राहकहरूले अन्य थप सुविधा पनि प्राप्त गर्नेछन्।
अफर अन्तर्गत ग्राहकहरूले ६.६४ प्रतिशतको न्यूनतम ब्याजदरमा ऋण सुविधा, ४८ कार्य घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न, र ७ वर्षसम्मको लोन अवधि पाउनेछन्। साथै, प्रत्येक खरिदमा ६.६ किलोवाटको होम चार्जर र ३.३ किलोवाटको ट्राभल चार्जर, एक वर्षको सवारी कर र बीमा उपलब्ध हुनेछ।
साथसाथै, आकर्षक एक्सचेन्ज बोनस र ब्ल्याक एन्ड डेक्केर ब्रान्डको भ्याकुम क्लिनर तथा कार वासर पनि उपहार स्वरूप प्रदान गरिनेछ। एवाेनका इलेक्ट्रिक गाडीहरू नेपालमा भविष्यमुखी डिजाइन र प्रविधिको प्रतीकका रूपमा स्थापित भइरहेको कम्पनीले बताएकाे छ ।
यो नयाँ अफरमार्फत सीजी मोटर्सले सवारी साधन मात्र नभएर, विद्युतीय यात्रासँग जोडिएको जीवनशैलीको सहजता पनि प्रदान गर्ने जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...