चीनद्वारा एआईमा आधारित ट्राफिक प्रहरी रोबोट सञ्चालन

चीनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ट्राफिक प्रहरी रोबोट सञ्चालनमा ल्याएको छ । चीनको पूर्वी प्रविधि केन्द्र झेजियाङ प्रान्तको हाङ्झोउ शहरमा एआई प्रविधियुक्त रोबोट ट्राफिक प्रहरीले औपचारिक रूपमा काम सुरु गरेको हो ।

“हाङसिङ नम्बर–१” नाम दिइएको यो ट्राफिक रोबोटलाई हाङ्झोउ सहरको ट्राफिक प्रहरीको रणनीतिक इकाइसँग सहकार्य गरेर विकास गरिएको हो । चौडा काँध, बेसबल क्याप र एआई अपरेटिङ सिस्टमसहित तयार गरिएको यो रोबोटले हात फैलाएर सवारी साधन तथा पैदलयात्रीलाई संकेतमार्फत निर्देशन दिन्छ र आवाजमार्फत ट्राफिक नियम पालना गर्न आग्रह गर्छ ।

उच्च क्षमताका क्यामेरा र सेन्सर जडान गरिएको यो रोबोटले ट्राफिक र पैदलयात्रीले गर्ने सामान्य नियम उल्लङ्घनलाई रियल–टाइममै पहिचान गर्न सक्छ । नियम उल्लङ्घन भएको खण्डमा रोबोटले तुरुन्तै आवाजमार्फत चेतावनी दिने गर्छ । एक पैदलयात्रीका अनुसार, आधा मिटरभन्दा कम दूरीमै रेखा नाघ्दा पनि रोबोटले तुरुन्तै सचेत गराएको थियो ।

जसले यसको छिटो प्रतिक्रिया क्षमताको पुष्टि गर्छ । त्यस्तै, एक मोटरसाइकल चालकले रोबोट देख्नासाथ अनायासै प्रतीक्षा रेखामा रोकिने बानी परेको भन्दै यसले प्रहरी जनशक्तिको खर्च कम गर्न सहयोग गर्ने र भविष्यमा यस्तो प्रविधि सामान्य बन्ने विश्वास व्यक्त गरे ।

ट्राफिक नियम उल्लङ्घन पहिचान गर्नुका साथै यो रोबोट ट्राफिक सिग्नल प्रणालीसँग समन्वयमा काम गर्दै मानव प्रहरीलाई सवारी व्यवस्थापन र सडकमा अनुशासन कायम राख्न सहयोग गर्छ । प्रहरी अधिकारी झाङ वान्झेका अनुसार, हाल यो रोबोट दुईवटा मोडमा सञ्चालन भइरहेको छ ।

सडकको बीच भागमा उभिएर सवारी निर्देशन दिने र चोक–चौराहामा मार्गदर्शन गर्ने । अहिले परीक्षण चरणमा रहेको यो एआई ट्राफिक व्यवस्थापन रोबोटलाई आगामी दिनमा ठूलो भाषा मोडेल प्रविधिसहित अझ उन्नत बनाइने विकासकर्ताहरूले बताएका छन् । जसले यसलाई अझ व्यापक र प्रभावकारी आवाजीय अन्तरक्रिया गर्न सक्षम बनाउनेछ । -सीसीटीभी

सम्बन्धित समाचारहरू

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

संरक्षणको पर्खाइमा नेपालको ‘छुक्छुके रेल’

धनुषा – जनकपुरधाममा नौ दशक अघि नै रेल सेवा सञ्चालन भइसकेको थियो ।...

दशैको अग्रिम टिकट बुकिङ वारे आज निर्णय हुने

दशैको अग्रिम टिकट बुकिङ वारे आज निर्णय हुने

काठमाडौं – दशै नजिकिदै गर्दा राजधानीबाट वाहिरिने यात्रुहरुका लागि अग्रिम...

आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल

आगामी सातादेखि सवारी लाइसेन्सको ट्रायल

यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...