साओमी एसयू७ को प्रशंसा गर्दै फोर्डका सिईओले भने : यो चीनको एप्पल हो
फोर्डका सीईओ जिम फार्ली हाल आफ्नो प्रतिस्पर्धीलाई बुझ्नका लागि असामान्य...
काठमाडौं -फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र कामना सेवा बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन केसी र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।
फोर्स मोटर्सका गाडी खरिद गर्दा ग्राहकलाई बैकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । फोर्स मोटर्सका सबै प्रकारका गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउनेछ । फोर्स मोटर्ससंग सहकार्य गर्न पाउँदा खुसी लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए । बैंकको तर्फबाट प्रबन्धक घनश्याम ढुङ्गेलको पनि उपस्थिति थियो । हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने प्रबन्धक ढुंङ्गेलले बताए ।
आयामले बिगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु वितरण गरिरहेको छ । काठमाडौं, हेटौडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छ भने नेपालका विभिन्न शहरमा डिलर विस्तार गरी फोर्सका गाडी वितरण भइरहेका छन् ।
बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने बिक्री आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन केसीले बताए । धेरै सिट क्षमता, इन्जिनको वारेन्टी ३ वर्ष वा ३ लाख किमी, मर्सिडिज इन्जिन लाइसेन्स प्राप्त लगायतका विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकर्षण बढेको प्रबन्ध निर्देशक निरन केसीले बताए ।
फोर्डका सीईओ जिम फार्ली हाल आफ्नो प्रतिस्पर्धीलाई बुझ्नका लागि असामान्य...
सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...
काठमाडौं – फोर्डको नेपालका लागि आधिकरिक वितरक जीओ अटोमोबाइल्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...