ईभी र अन्य सवारी मर्मतका लागि ६ महिने अन द जब तालिम दिदै काठमाडौं महानगर, यसरी बनौं सहभागी
काठमाडौं – काठमाडौं महानगरपालिकाले अटोमोबाइल र कृषि क्षेत्र अन्तर्गतका...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त साधारण सभामा प्रमुख अतिथिको रुपमा वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण प्रसाद लम्साल रहेका थिए ।
सो अवसरमा मन्त्री लम्सालले बागमती प्रदेशमा अटो भिलेज बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रक्रिया सुरु भइसकेको र जग्गा प्राप्तिका लागि पहल भइरहेको पनि उनले बताए । स्थानीय तहसँग समन्वय गरेर अटो भिलेज निर्माण गरिने उनको भनाइ छ ।
लम्सालले अटोमेकानिक्स व्यवसायलाई व्यवस्थित गर्नुपर्ने र यसका लागि सरकार प्रतिबद्ध रहेको समेत बताए । व्यवसायीहरुसँग समन्वय गरी सरकार अगाडि बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु उद्योग महासंघका अध्यक्ष उमेश सिंहले सबैले आफ्नो पेशालाई सम्मान गर्नुपर्ने धारणा राखे । समय अनुसार क्षमता अभिवृद्धि गर्दै व्यवसायीहरु अगाडि बढ्नुपर्ने बताए । राज्यले व्यवसायीलाई संरक्षण गर्ने काम नगरेको बताउँदै व्यवसायी आफै जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले नेपालको अटोमोबाइल क्षेत्रमा अटोमेकानिक्सहरुको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । नेपाल उद्योग परिसंघका उद्योग सभापति लक्ष्मीप्रसाद सुवेदीले राज्यले उद्योगी व्यवसायीहरुको संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल अटोमेकानिक्स व्यवसायी संघका संरक्षक महेश बज्राचार्य, नेपाल घरेलु तथा साना उद्योग महासंघ बस्तुगत उपाध्यक्ष मोहन कटुवाल, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, नेपाल अटोमेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने लगायतले बोलेका थिए ।
उनीहरुले व्यवसायलाई व्यवस्थित गर्न अटोभिलेज तथा अटोल्यान्ड आवश्यक रहेको बताएका छन् । अटोभिलेज नहुँदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा रहेको बताउँदै उनीहरुले चिन्ता व्यक्त गरे ।
संघका अध्यक्ष दीपेन्द्र बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको हो । सो अवसरमा विद्यार्थी सम्मान, ज्येष्ठ सदस्य सम्मान लगायतका कार्यक्रम पनि समावेश गरिएको संघका महासचिव सुमनप्रसाद सुवेदीले जानकारी दिए ।
काठमाडौं – काठमाडौं महानगरपालिकाले अटोमोबाइल र कृषि क्षेत्र अन्तर्गतका...
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स...
काठमाडौं – सेकेन्ड ह्यान्ड कार विक्रेता व्यवसायीहरुको संस्था नेपाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...