एड्भेन्चर टुरिङका लागि चर्चित यी बाइक छन् युवा राइडरबीच रुचिकर

बजारमा मास लेवलमा खासै चर्चा नकमाए पनि नेपालमा केही ब्रान्डका मोटरसाइकलले युवा राइडरमाझ आफ्नो बिशिष्ट पहिचान बनाएका छन् । यस्ता बाइकमा अधिकांश अफोरोड भनिने डर्ट बाइक पर्छन् ।

नेपाली बजारमा होन्डा, यामाहा, हिरो लगायत चल्तिका ब्रान्डले समेत यो सेग्मेटमा उपस्थिति जनाए पनि चर्चा भने बटुल्न सकिरहेका छैनन् । सर्वसाधारणमा खासै चर्चामा नरहे तल उल्लेखित यी बाइक भने युवाहरुको ढुकढकी बनेका छन् ।

यस्ता बाइकमा विशेष गरी युवाहरु अफरोड राइड गर्न र घुम्न बढी रुचाउछन् । पछिल्लो समयमा क्रसफायर र क्रसएक्सका बाइक भने मनाङ र मुस्ताङलगायतका क्षेत्रमा एड्भेन्चर टुरका लागि लोकप्रिय छन् ।

क्रसफायर
डर्ट सेग्मेन्टमा सर्बाधिक रुचाइएको ब्रान्ड हो क्रसफायर । सामान्य कम्युटर राइडरका लागि खासै चर्चामा नरहेपनि यो बाइकमा रुचि राख्ने युवा जमात बढ्दो क्रममा छ । स्पोर्टी लुक्स, आकर्षक डिजाइन र उच्चतम पावर तथा पर्फमेन्सका कारण क्रसफायर यो सेग्मेन्टमा सफल बन्दै गएको छ ।

हाल नेपाली बजारमा क्रसफायरका ३ मोडल उपलव्ध छन् । जसमध्ये एचजे २५० को मूल्य ६ लाख ४५ हजार रुपैया पर्छ । त्यसैगरी जीआर७ २५० को ५ लाख ४५ हजार र आरएम २५० ट्विनको ६ लाख ९० हजार रुपैयाँ पर्छ । क्रसफायरका यी तीन मोडलमध्ये पनि जिआर७ २५० सर्बाधिक लोकप्रिय मानिन्छ ।

यो बाइकमा २४९ दशमलव ६ सीसी क्षमताको कम्प्याक्ट इन्जिन जडान गरिएको छ । जसले ३० दशमलव १५ एचपी पावरको साथै २३ एनएमको उच्चतम टर्क जेनेरेट गर्दछ । फ्युल सिस्टमका रुपमा उच्चतम पर्फमेन्स दिने कार्वुरेटर जडान गरिएको छ । क्रसफायरका सबैजसो बाइक तत्कालै स्टकमा उपलव्ध नहुने हुँदा खरिद गर्न ग्राहकले केही समय कुर्नुपर्ने आधिकारिक बितरक क्लासिक ह्विल एक्सपोर्ट इम्पोर्ट प्रालिले बताएको छ ।

क्रसएक्स
डर्ट बाइक सेग्मेन्टमा चल्तिको अर्को ब्रान्ड हो क्रसएक्स । नेपाली बजारमा यसको २५० एसई मोडल सर्बाधिक लोकप्रिय मानिन्छ । यो बाइकमा भएको लिक्विड कुल्ड इन्जिन अफरोड यात्राका लागि निकै नै उपयुक्त छ । यसको ब्रेकिङ सिष्टम निसिन कम्पनीले बनाएको हो । हाल उपलब्ध बाइकको पछाडि पछाडि क्यारियर छ । त्यसैगरी यसमा पोलीस्पोर्ट ह्यालोजन छ ।

सो हेडलाइट पोर्चुगलमा विकास भएको हो । यसमा जर्मनीको बल्ब राखिएको छ । सो बल्बमा ३५ वाट १२ भोल्टको चिम छ । यसका कारण विपरित दिशाबाट आइरहेका राइडरहरुको आँखा डिस्टर्व हुँदैन । यो बाइक खरिद गर्नका लागि अग्रिम बुकिङ गर्नुपर्ने आधिकारिक वितरक बाइकर्स नेपालले जनाएको छ । बाइकको मूल्य ५ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

मोटरहेड 
चिनियाँ ब्रान्ड मोटरहेड पछिल्लो समय लोकप्रिय बनिरहेको छ । नेपाली बजारमा मोटरहेडका आधा दर्जन मोडल उपलव्ध रहेपनि टेक्कन मोडल सर्बाधिक लोकप्रिय मानिन्छ । आकर्षक लुक्स र उच्चतम पावरको यो बाइक कम मूल्यका कारण पनि लोकप्रिय बन्न सफल भएको हो ।

मोटरहेड टेक्कनमा २५० सीसीको एयरकुल्ड इन्जिन छ, जसले १९ एचपीको पावर र २० एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा पावर भन्दा बढी टर्क भएको कारण जस्तोसुकै अफरोड र उकालो बाटोमा सजिलै तान्दछ । टेक्कन २५० बाइकको मूल्य ३ लाख ९५ हजार रुपैंयाँ निर्धारण गरिएको छ । २५० सीसी सेगमेन्टमा यो निकै नै प्रतिस्पर्धि मूल्य हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...