बढ्दै छ एड्भेन्चर बाइकमा आकर्षण : यी हुन् २०२३ मा लन्च हुने नयाँ एड्भेन्चर बाइक

दुई पाङ्ग्रे सवारी साधनको बजार दिन प्रतिदिन विकसित हुँदै गइरहेको छ । अहिले स्पोर्ट्स बाइकसँगै एडभेन्चर बाइकले पनि ग्राहकहरुको ध्यान खिच्न थालेको छ । सन् २०२३ सम्ममा भारतमा ५ वटा शक्तिशाली एड्भेन्चर बाइक प्रवेश गर्ने भएका छन् । यी एड्भेन्चर बाइक हाइब्रिड भए तापनि सामान्य दिनमा सडकमा सजिलै चलाउन सकिनेछ ।

हिमालयन ४५०
रोयल इन्फिल्डको हिमालयन बाइक निकै लोकप्रिय छ । यो अफरोड एड्भेन्चर बाइक हो । कम्पनीले यसको नयाँ भेरिएन्ट सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले सो बाइक अर्को वर्षको सुरुमा लन्च गर्ने सम्भावना रहेको छ । पुरानो मोडलमा ४०० सीसी इन्जिन जडान गरिएको छ भने नयाँ मोडलमा ४५० सीसी लिक्विडकुल्ड इन्जिन जडान गरिएको छ ।

एक्सपल्स ४००
हिरो एक्सपल्सको धेरै मोडल लन्च भइसकेको छ । अब हिरो मोटोकर्पले एक्सपल्सलाई नयाँ इन्जिनसहित लन्च गर्ने तयारी गरिरहेको छ । नयाँ मोडल एक्सपल्सको बीएफएम प्याकेज हुनेछ । रिपोर्टका अनुासार यसमा ४२१ सीसी इन्जिन हुनेछ र यो २०२३ मार्चपछि भारतमा लन्च गर्नेछ ।

टीभीएस ३१० एडीभी
टीभीएस कम्पनी नयाँ बाइक टीभीएस ३१० एडीभीमा काम गरिरहेको छ । सो बाइक बीएमडब्ल्यु जी३१० जीएसको प्लेटफर्मलाई ध्यानमा राखेर बनाइएको हो । सो बाइकमा ३१२.२ सीसी फायरक्राकर इन्जिन जडान गर्नेछ, जसले ३३.५२ बीएचपी पावर र २७.३ एनएम टर्क जेनेरेट गर्नेछ ।

जोन्टेस ३५०टी
जोन्टेसले भारतमा आफ्नो पहिलो एड्भेन्चर बाइक जोन्टेस ३५०टी बाइक चाँडै नै लन्च गर्ने योजना बनाएको छ । यसको ५ इन्चको कल टीएफटी, एलईडी हेडल्याम्प र डीआरएलले बाइकको लुक्सलाई युनिक बनाउनेछ । यसमा ३४८ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिनले पावर दिनेछ । जसले ३८ एचपी पावर र ३२ एनएम टर्क जेनेरेट गर्नेछ ।

मोटो मोरिनी एक्सक्याप ६५०एक्स
मोटो मोरिनीले ५०० सीसी सेगमेन्टको एक्सक्याप ६५० एक्स बाइक लन्च गर्ने तयारी गरिरहेको छ । सो बाइकको लुकका कारण विश्वभर चर्चित छ । यसमा ६५० सीसी इन्जिन हुनेछ र २ भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा एउटा भेरिएन्ट प्योर अफरोडर्स र अर्को हाइब्रिड स्टाइलको हुनेछ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले राइडर गुफीलाई ग-यो सम्मान, सगरमाथा आरोहणका लागि ५ लाख रकम हस्तान्तरण

रोयल इन्फिल्डले राइडर गुफीलाई ग-यो सम्मान, सगरमाथा आरोहणका लागि ५ लाख रकम हस्तान्तरण

काठमाडौं – विश्वको पुरानो मोटरसाइकल कम्पनी रोयल इन्फिल्डको नेपालका लागि...

रोयल इन्फिल्ड क्लासिक ३५० सिंगल डिस्कको मूल्य अब ५ लाख २० हजार

रोयल इन्फिल्ड क्लासिक ३५० सिंगल डिस्कको मूल्य अब ५ लाख २० हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य बढेको छ...

नयाँ बेस प्रिमियम भेरिएन्टसहित २०२६ रोयल इन्फिल्ड हन्टर ३५० लन्च

नयाँ बेस प्रिमियम भेरिएन्टसहित २०२६ रोयल इन्फिल्ड हन्टर ३५० लन्च

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय र किफायती मोटरसाइकल हन्टर ३५० को २०२६...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...