राइडर मेनियामा सार्वजनिक भयो रोयल इन्फिल्डको हाल सम्मकै सबैभन्दा बढी तौलको मोटरसाइकल
रोयल इन्फिल्डको नयाँ मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक भएको छ । भारतको...
दुई पाङ्ग्रे सवारी साधनको बजार दिन प्रतिदिन विकसित हुँदै गइरहेको छ । अहिले स्पोर्ट्स बाइकसँगै एडभेन्चर बाइकले पनि ग्राहकहरुको ध्यान खिच्न थालेको छ । सन् २०२३ सम्ममा भारतमा ५ वटा शक्तिशाली एड्भेन्चर बाइक प्रवेश गर्ने भएका छन् । यी एड्भेन्चर बाइक हाइब्रिड भए तापनि सामान्य दिनमा सडकमा सजिलै चलाउन सकिनेछ ।
हिमालयन ४५०
रोयल इन्फिल्डको हिमालयन बाइक निकै लोकप्रिय छ । यो अफरोड एड्भेन्चर बाइक हो । कम्पनीले यसको नयाँ भेरिएन्ट सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले सो बाइक अर्को वर्षको सुरुमा लन्च गर्ने सम्भावना रहेको छ । पुरानो मोडलमा ४०० सीसी इन्जिन जडान गरिएको छ भने नयाँ मोडलमा ४५० सीसी लिक्विडकुल्ड इन्जिन जडान गरिएको छ ।
एक्सपल्स ४००
हिरो एक्सपल्सको धेरै मोडल लन्च भइसकेको छ । अब हिरो मोटोकर्पले एक्सपल्सलाई नयाँ इन्जिनसहित लन्च गर्ने तयारी गरिरहेको छ । नयाँ मोडल एक्सपल्सको बीएफएम प्याकेज हुनेछ । रिपोर्टका अनुासार यसमा ४२१ सीसी इन्जिन हुनेछ र यो २०२३ मार्चपछि भारतमा लन्च गर्नेछ ।
टीभीएस ३१० एडीभी
टीभीएस कम्पनी नयाँ बाइक टीभीएस ३१० एडीभीमा काम गरिरहेको छ । सो बाइक बीएमडब्ल्यु जी३१० जीएसको प्लेटफर्मलाई ध्यानमा राखेर बनाइएको हो । सो बाइकमा ३१२.२ सीसी फायरक्राकर इन्जिन जडान गर्नेछ, जसले ३३.५२ बीएचपी पावर र २७.३ एनएम टर्क जेनेरेट गर्नेछ ।
जोन्टेस ३५०टी
जोन्टेसले भारतमा आफ्नो पहिलो एड्भेन्चर बाइक जोन्टेस ३५०टी बाइक चाँडै नै लन्च गर्ने योजना बनाएको छ । यसको ५ इन्चको कल टीएफटी, एलईडी हेडल्याम्प र डीआरएलले बाइकको लुक्सलाई युनिक बनाउनेछ । यसमा ३४८ सीसी लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिनले पावर दिनेछ । जसले ३८ एचपी पावर र ३२ एनएम टर्क जेनेरेट गर्नेछ ।
मोटो मोरिनी एक्सक्याप ६५०एक्स
मोटो मोरिनीले ५०० सीसी सेगमेन्टको एक्सक्याप ६५० एक्स बाइक लन्च गर्ने तयारी गरिरहेको छ । सो बाइकको लुकका कारण विश्वभर चर्चित छ । यसमा ६५० सीसी इन्जिन हुनेछ र २ भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा एउटा भेरिएन्ट प्योर अफरोडर्स र अर्को हाइब्रिड स्टाइलको हुनेछ ।
रोयल इन्फिल्डको नयाँ मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक भएको छ । भारतको...
रोयल इन्फिल्डको लोकप्रिय हिमालयन एड्भेन्चर बाइकको अपडेट मोडल लन्चिङ...
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...