मकास अटोमोटिभको मेकानिक्स मिट सम्पन्न, मकासको गुणस्तरीयता वारेमा छलफल
काठमाडौं – सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको...
जाडो मौसममा बाइक ड्राइभ गर्नु चुनौतीको कुरा हो । चिसो मौसमका कारण हातखुट्टा कठ्याङ्ग्रिने हुनाले चालकले निकै सास्ती व्यहोर्नु परेको हुन्छ । हातमा अत्यधिक चिसोका कारण बाइकको कन्ट्रोल पनि बिग्रन सक्छ । यस्तो अवस्थामा बाइकमा ह्यान्ड गार्डको प्रयोगले चालकलाई बढी मद्दत गर्छ ।
चिसो मौसममा बाइक चलाउँदा ह्यान्ड गार्डले चालकको हातलाई चिसो हावाबाट जोगाउँछ, जसले बाइकमा राम्रो नियन्त्रण दिन्छ । ह्यान्ड गार्डले हातलाई चिसोबाट जोगाउनुका साथै चोटपटकबाट पनि सुरक्षित राख्छ । सामान्य दुर्घटनाको बेलामा ह्यान्ड गार्डले औँलामा चोट लाग्ने सम्भावना कम गर्छ ।
ह्यान्ड गार्ड चालकको सुरक्षाको लागि मात्र होइन बाइकको ह्यान्डलबारको लागि पनि महत्वपूर्ण छ । ह्यान्ड गार्डले सानो दुर्घटनाको अवस्थामा बाइकको ह्यान्डल र क्लचलाई सुरक्षा प्रदान गर्छ । दुर्घटना हुँदा बाइक भुइँमा खस्दा ह्यान्ड गार्डको आवरणले ढालको काम गर्छ । यसले क्लच र ह्यान्डललाई जमिनमा ठोक्नबाट जोगाउँछ ।
ह्यान्ड गार्डहरू धेरै प्रकारका हुन्छ । आवश्यकता अनुसार पूर्ण कभर वा अर्ध कभर ह्यान्ड गार्ड प्रयोग गर्न सकिन्छ । फुल ह्यान्ड गार्डहरू जाडो मौसममा बाइक चलाउनका लागि उत्तम हुन्छ, जबकि गर्मी मौसममा सेमी कभर वा ओपन ह्यान्ड गार्डहरू प्रयोग सकिन्छ ।
काठमाडौं – सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको...
सवारी साधनको बाहिरी भागलाई सुरक्षित राख्न कार क्लेडिङलाई महत्त्वपूर्ण...
भारतमा सन् २०१३ देखी बिक्री शुरु भएको गल्फ ब्याट्री नेपाली बजारमा समेत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...