लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न
काठमाडौं – टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब...
इन्जिन आयल गाडीका लागि धेरै महत्वपूर्ण हुन्छ । इन्जिन आयलले इन्जिनलाई चिल्लो बनाइ राख्न महत्वपूर्ण भूमिका खेल्छ । यदि गाडीको आयु लम्ब्याउने हो भने इन्जिन आयल समयमै परिवर्तन गर्नुपर्छ । गाडीमा इन्जिन आयल समयमै परिवर्तन नगर्नाले प्रत्यक्ष असर पर्न सक्छ ।
विज्ञ मेकानिक्सका अनुसार लामो समयसम्म इन्जिन आयल परिवर्तन नगर्ने हो भने यसले गाडीको इन्जिनमा पनि क्षति पु¥याउन सक्छ । अर्कोतर्फ, इन्जिनको तेल र फिल्टर समय–समयमा परिवर्तन गर्नाले इन्जिन ताजा रहन्छ र महँगो मर्मत खर्चबाट पनि बच्न सकिन्छ ।
माइलेज राम्रो हुन्छ
यदि कारको इन्जिनले राम्रोसँग इन्जिन लुब्रिकेसन पाएन भने यसले बढी इन्धन लिन थाल्छ जसका कारण गाडीले राम्रो माइलेज दिन सक्दैन । यस्तो अवस्थामा गाडीको इन्जिन आयल समयमै परिवर्तन गुर्नपर्छ । गाडीमा इन्जिन आयल खन्याउँदा सधैं त्यो मिति नोट गर्ने र त्यसै अनुसार इन्जिन आयल परिवर्तन गर्ने गरेमा माइलेज पनि राम्रो हुन्छ ।
पार्ट्स सुरक्षित हुन्छ
समय–समयमा इन्जिन आयल परिवर्तन गरेमा गाडीले वर्षौंसम्म साथ दिनेछ । यसो गर्दा विभिन्न पार्ट्समा क्षति पुग्न पाउदैन । इन्जिन आयलले गाडीको इन्जिनलाई लामो समयसम्म जोगाइ राख्छ । साथै इन्जिन मेन्टेन गरेमा कार बेच्दा पनि राम्रो मूल्य पाउन सकिन्छ ।
वातावरणमैत्री बन्न सकिन्छ
जलेको इन्जिन आयलले वातावरणमा खराब धुवाँ फ्याक्छ । साथै इन्जिनमा धेरै फोहोर जम्मा पनि गर्छ । यसले इन्जिनमा खिया लाग्न सुरु हुन्छ । त्यसैले समयमै इन्जिन आयल परिवर्तन गरेमा इन्जिनबाट यो सबै फोहोर हट्छ । यसबाट वातावरण स्वच्छ राख्न सहयोग पुग्छ ।
इन्जिनको क्षमता बढ्छ
लामो समयसम्म इन्जिन आयल परिवर्तन नगरेमा इन्जिनको क्षमतामा कमी आउँछ, जसले इन्जिनमा खराबी निम्त्याउँन सक्छ । नियमित रुपले इन्जिन आयल परिवर्तन गरेमा यसले इन्जिन सफा राख्नुका साथै इन्जिनको कार्य क्षमता पनि बढाउँछ ।
काठमाडौं – टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब...
तपाईले चलाइरहेको सवारी साधनबाट कुनै समयमा कालो धुवाँ निस्कन सक्छ । यो...
काठमाडौं – विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...