कार बन्नु अघि नै ड्राइभिङ अनुभव थाहा दिने संसारकै अत्याधुनिक सिम्युलेटर सार्वजनिक

अस्ट्रियाको ग्राज युनिभर्सिटी अफ टेक्नोलोजी र विश्वप्रसिद्ध मोबिलिटी कम्पनी म्याग्नाले संयुक्त रूपमा युरोपकै सबैभन्दा उन्नत ड्राइभिङ सिम्युलेटर पेश गरेका छन्। यो सिम्युलेटर अस्ट्रियामा स्थापना गरिएको नयाँ एडभान्स्ड ड्राइभिङ सिमुलेशन सेन्टरमा जडान गरिएको छ, जसले कार उत्पादनमा जानुअघि नै वास्तविक सडकमा चलाउँदा कस्तो महसुस हुन्छ भन्ने कुराको पूर्वानुमान गर्न सक्छ।

सो ड्राइभिङ सिम्युलेटर बाहिरबाट हेर्दा उच्च प्रविधियुक्त भिडियो गेमजस्तै देखिए पनि यसको प्रयोग वास्तविक कार परीक्षणका लागि गरिन्छ। वास्तविक कारको ककपिटजस्तै बनाइएको यस सिम्युलेटरमा बसेर चालकले टायर, स्टेयरिङ र च्यासिसले सडकमा दिने वास्तविक अनुभूति महसुस गर्न सक्छ। यसको सबैभन्दा ठूलो विशेषता भनेको इन्जिनियरले कारको प्रोटोटाइप तयार हुनुअघि नै नयाँ मोडलको परीक्षण ड्राइभ गर्न सक्नु हो।

इलेक्ट्रिक कारको सन्दर्भमा यो सिम्युलेटर झनै उपयोगी मानिएको छ। इलेक्ट्रिक सवारी साधनमा इन्जिनको आवाज नहुने भएकाले साना कम्पन र सूक्ष्म परिवर्तन बढी महसुस हुन्छ । यो सिम्युलेटरले ती कम्पनहरूलाई अत्यन्त यथार्थ रूपमा प्रस्तुत गर्ने भएकाले इन्जिनियरहरूलाई इलेक्ट्रिक कारहरू अझ सहज र आरामदायी बनाउन सहयोग पुग्नेछ। यसका साथै, इन्जिनियरले एकै दिनमा विभिन्न कार सेटअप परीक्षण र तुलना गर्न सक्ने भएकाले निर्णय प्रक्रिया पनि छिटो हुनेछ।

प्रविधिको हिसाबले हेर्दा यो सिम्युलेटर अत्यन्त उन्नत छ। ककपिटमा रहेका ६ वटा चलायमान स्ट्रटले कार मोडिँदा, ब्रेक लगाउँदा वा गति बढाउँदा हुने सबै अनुभूतिलाई यथार्थ रूपमा दोहोर्याउँछ । यसको प्रतिक्रिया समय मात्र ३ देखि ४ मिलिसेकेन्डको भएकाले चालकलाई चक्कर आउने समस्या हुँदैन र अनुभव पूर्ण रूपमा वास्तविक महसुस हुन्छ।

भर्चुअल रियालिटी प्रविधिबाट फोटो–रियालिस्टिक ट्राफिक वातावरण सिर्जना गरिन्छ, जसले शहर वा राजमार्गमा गाडी चलाइरहेको अनुभूति दिन्छ। साथै, १०० हर्सभन्दा बढीको कम्पन उत्पन्न गर्न सक्ने क्षमताका कारण सडकका साना दरार, लेन चिन्ह र टायरको ग्रिपमा हुने सूक्ष्म परिवर्तनहरू समेत महसुस गर्न सकिन्छ।

सो ड्राइभिङ सिम्युलेटर भविष्यका कारलाई अझ सुरक्षित, आरामदायी र किफायती बनाउने दिशामा एक महत्वपूर्ण विकल्प हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

ड्राइभिङको लागि नर्वे संसारकै सबैभन्दा सुरक्षित, दक्षिण अफ्रिका सबैभन्दा खतरनाक

ड्राइभिङको लागि नर्वे संसारकै सबैभन्दा सुरक्षित, दक्षिण अफ्रिका सबैभन्दा खतरनाक

दक्षिण अफ्रिकालाई विश्वको सबैभन्दा खतरनाक देश घोषित गरिएको छ जहाँ...

याङ्गो राइडद्वारा नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कारसहित सम्मान कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कारसहित सम्मान कार्यक्रम आयोजना

काठमाडौं । याङ्गो राइड नेपालले आफ्नो नियमित मासिक ड्राइभर सम्मान...

ट्रायम्फ नेपालको ‘ट्रेल्स अफ द माउन्टेन लेक्स’ एपिक राइड सफलतापूर्वक सम्पन्न

ट्रायम्फ नेपालको ‘ट्रेल्स अफ द माउन्टेन लेक्स’ एपिक राइड सफलतापूर्वक सम्पन्न

काठमाडौं – हंशराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. अन्तर्गत ट्रायम्फ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...