नेपाल भित्रियो यूएईको लोकप्रिय लुब्रिकेन्ट एडनक, जगदम्बा मोटर्स बन्यो आधिकारिक वितरक

काठमाडौं – यूएईको प्रतिष्ठित लुब्रिकेन्ट कम्पनी एडनकको नेपालका लागि आधिकारिक वितरकको रुपमा जगदम्बा मोटर्स नियुक्त भएको छ । अब एडनक ब्रान्डका लुब्रिकेन्ट तथा इन्जिन आयल नेपाली बजारमा जगदम्बा मोटर्समार्फत उपलब्ध हुने छन् ।

नेपाली बजारमा दर्जनौ लुब्रिकेन्ट ब्रान्ड उपलब्ध भएको अवस्थामा शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले एडनक लुब्रिकेन्ट नेपालमा उपलब्ध गराउने भएको हो । जगदम्बा मोटर्सले पहिले देखि नै नेपाली बजारमा भारतको प्रतिष्ठित कम्पनी टीभीएसका दुई पांग्रे र तीन पांग्रे सवारी साधन तथा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका चार पांग्रे सवारी साधन बिक्री–वितरण गरिरहेको छ । त्यसैगरी विभिन्न देशमा उत्पादित केस र जुमलाइनका हेभी इक्विपमेन्ट समेत यही ग्रुपले नै बिक्री–वितरण गरिरहेको छ ।

एडनक विश्वकै १२ नम्बरमा पर्ने ठूलो आयल उत्पादक कम्पनी हो । एडनकका अटोमोटिभ लुब्रिकेन्ट, इन्डष्ट्रियल लुब्रिकेन्ट, मेरिन लुब्रिकेन्ट, एभिएसन लुब्रिकेन्ट, ग्रिज, कुलेन्ट। ब्रेक फ्लुइड तथा फुल रेन्जका लुब्रिकेन्ट उपलब्ध छन् ।

एडनकको अर्थ अबुधाबी नेसनल आयल कम्पनी हो । यूएईको सरकारी कम्पनी भएकाले पनि यसको विश्वसनियता राम्रो मानिन्छ । जगदम्बा मोटर्सको एडनक डिभिजनका सेल्स एन्ड मार्केटिङतर्फका जीएम राकेश कुमार तिवारीका अनुसार वीरगन्ज भन्सार सम्म लुब्रिकेन्ट आइसकेको छ र निषेधाज्ञा पश्चात तुरुन्तै नेपाल भर सबै स्थानमा उपलब्ध हुनेछ ।

तिवारी भन्छन्, ‘हामी नेपाली बजारमा गुणस्तरीय लुब्रिकेन्टको रुपमा एडनक लुब्रिकेन्ट उपलब्ध गराउँदै छौ । सबै सेगमेन्टका सवारी साधनमा प्रयोग गर्न सकिने एडनक लुब्रिकेन्टबाट ग्राहकले नयाँ अनुभव प्राप्त गर्नेछन् । विस्तारै हामीले यो लुब्रिकेन्टको बजार हिस्सा वृद्धि गर्दै जानेछौ ।’

यसै सन्दर्भमा जगदम्बा मोटर्सले देशभर एडनक लुब्रिकेन्टको डिलरका लागि समेत प्रस्ताव आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

गल्फ लुब्रिकेन्टको पार्टनर मिट सम्पन्न, पूजा महतो बनिन् ब्रान्ड एम्बेसडर

गल्फ लुब्रिकेन्टको पार्टनर मिट सम्पन्न, पूजा महतो बनिन् ब्रान्ड एम्बेसडर

पोेखरा – नेपालमा ४० वर्षको गौरवमय यात्रा बोकेको, विश्वप्रसिद्ध र...

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

काठमाडौं – गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले...

बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १५० पुग्यो : अहिलेसम्मकै उच्च

बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १५० पुग्यो : अहिलेसम्मकै उच्च

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...