नेपाल भित्रियो यूएईको लोकप्रिय लुब्रिकेन्ट एडनक, जगदम्बा मोटर्स बन्यो आधिकारिक वितरक

काठमाडौं – यूएईको प्रतिष्ठित लुब्रिकेन्ट कम्पनी एडनकको नेपालका लागि आधिकारिक वितरकको रुपमा जगदम्बा मोटर्स नियुक्त भएको छ । अब एडनक ब्रान्डका लुब्रिकेन्ट तथा इन्जिन आयल नेपाली बजारमा जगदम्बा मोटर्समार्फत उपलब्ध हुने छन् ।

नेपाली बजारमा दर्जनौ लुब्रिकेन्ट ब्रान्ड उपलब्ध भएको अवस्थामा शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले एडनक लुब्रिकेन्ट नेपालमा उपलब्ध गराउने भएको हो । जगदम्बा मोटर्सले पहिले देखि नै नेपाली बजारमा भारतको प्रतिष्ठित कम्पनी टीभीएसका दुई पांग्रे र तीन पांग्रे सवारी साधन तथा मलेसियाको प्रतिष्ठित कम्पनी प्रोटोनका चार पांग्रे सवारी साधन बिक्री–वितरण गरिरहेको छ । त्यसैगरी विभिन्न देशमा उत्पादित केस र जुमलाइनका हेभी इक्विपमेन्ट समेत यही ग्रुपले नै बिक्री–वितरण गरिरहेको छ ।

एडनक विश्वकै १२ नम्बरमा पर्ने ठूलो आयल उत्पादक कम्पनी हो । एडनकका अटोमोटिभ लुब्रिकेन्ट, इन्डष्ट्रियल लुब्रिकेन्ट, मेरिन लुब्रिकेन्ट, एभिएसन लुब्रिकेन्ट, ग्रिज, कुलेन्ट। ब्रेक फ्लुइड तथा फुल रेन्जका लुब्रिकेन्ट उपलब्ध छन् ।

एडनकको अर्थ अबुधाबी नेसनल आयल कम्पनी हो । यूएईको सरकारी कम्पनी भएकाले पनि यसको विश्वसनियता राम्रो मानिन्छ । जगदम्बा मोटर्सको एडनक डिभिजनका सेल्स एन्ड मार्केटिङतर्फका जीएम राकेश कुमार तिवारीका अनुसार वीरगन्ज भन्सार सम्म लुब्रिकेन्ट आइसकेको छ र निषेधाज्ञा पश्चात तुरुन्तै नेपाल भर सबै स्थानमा उपलब्ध हुनेछ ।

तिवारी भन्छन्, ‘हामी नेपाली बजारमा गुणस्तरीय लुब्रिकेन्टको रुपमा एडनक लुब्रिकेन्ट उपलब्ध गराउँदै छौ । सबै सेगमेन्टका सवारी साधनमा प्रयोग गर्न सकिने एडनक लुब्रिकेन्टबाट ग्राहकले नयाँ अनुभव प्राप्त गर्नेछन् । विस्तारै हामीले यो लुब्रिकेन्टको बजार हिस्सा वृद्धि गर्दै जानेछौ ।’

यसै सन्दर्भमा जगदम्बा मोटर्सले देशभर एडनक लुब्रिकेन्टको डिलरका लागि समेत प्रस्ताव आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ वितरक नियुक्ति पश्चात मोटुल लुब्रिकेन्टको पहिलो डिलर्स मिट सम्पन्न

नयाँ वितरक नियुक्ति पश्चात मोटुल लुब्रिकेन्टको पहिलो डिलर्स मिट सम्पन्न

काठमाडौं – मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई ग्रुप...

कोभिड असर : बेस आयलको मूल्य लगातार बढ्दा नेपालमा फेरि बढ्दै लुब्रिकेन्टको मूल्य

कोभिड असर : बेस आयलको मूल्य लगातार बढ्दा नेपालमा फेरि बढ्दै लुब्रिकेन्टको मूल्य

काठमाडौं – निषेधाज्ञा भन्दा पहिले एक पटक बढेको लुब्रिकेन्टको मूल्य नेपाली...

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप

काठमाडौं– विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...