यातायातको डेटा सेन्टरमा समस्या, नयाँ लाइसेन्स आवेदन फेरि रोकियो
काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या उत्पन्न...
काठमाडौं – सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) मा वर्ग थप गर्न सकिने भएको छ । हिजो बेलुकी ९ बजे देखि यातायात व्यवस्था विभागले यो व्यवस्था प्रारम्भ गरेको छ ।
विभागले एक सूचना प्रकाशित गरी यो जानकारी गराएको छ । यसका लागि यो लिंकमार्फत वर्ग थपको लागि आवेदन दिन सकिने छ ।
वर्ग थप भन्नाले कुनै एउटा क्याटागोरीमा रहेका सवारी चालकले त्यसभन्दा अन्य प्रकारका सवारी चलाउनका लागि अर्को वर्ग वा क्याटागोरी थप गर्न सक्छन्। उदाहरणका लागि वर्ग ‘ए’ को लाइसेन्स लिएर मोटरसाइकल, मोपेड तथा स्कुटर चलाइरहेका व्यक्तिले कार, जिप तथा डेलिभरी भ्यान चलाउनुपर्यो भने वर्ग ‘बी’ थप गर्नुपर्ने हुन्छ।
२०७८ चैत १ गतेदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्सको अनलाइन फारम विभागले गत जेठ १६ गते सञ्चालनमा ल्याएको थियो। अनलाइन फारम खुलाइए पनि वर्ग थपको सुविधा भने उपलब्ध थिएन।

वर्ग थपको लागि अनलाइन आवेदन दिने सेवाग्राहीका लागि नेपाल टेलिकमबाट ओटीपी (वान टाइम पासवर्ड) प्रदान हुन्छ।
विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा लाइसेन्सको अनलाइन आवेदन दिन सर्भर तयार गरेको हो। यस अघि भारतको मद्रास सेक्युरिटीले तयार गरेको सर्भरबाट अनलाइन आवेदन लिने गरिन्थ्यो।
पहिले नै यो सुविधा उपलब्ध गराउने तयारी भए पनि पुरानो सर्भरबाट नयाँ सर्भरमा डाटा सार्न केही प्राविधिक समस्या देखिएकाले विभागले अहिले मात्र यो सुविधा उपलब्ध गराएको बताएको छ ।
काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या उत्पन्न...
तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ? चाहिएको भए अब तीन दिनमै...
र्दैनिक जीवनमा विभिन्न समस्याको सामना गर्नु पर्ने हुन्छ । ती मध्ये आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...