यी ७ नयाँ एसयुभीमा हुनेछ एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम(एडिएएस)

भारतीय बजारमा लन्च हुने तयारीमा रहेका ७ नयाँ एसयुभीमा एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम थप हुने संभवाना देखिएको छ । हाल महिन्द्रा एक्सयुभी ७०० र एमजी ग्लोस्टर तथा एस्टर एसयुभीमा उपलब्ध रहेको यो फिचर्सलाई एक्टिभ सेफ्टि समेत भन्ने गरिन्छ ।

गुडीरहेको गाडीलाई ठोक्किनबाट जोगाई ड्राइभर र प्यासेन्जरलाई सम्भाबित दुर्घटनाबाट बचाउने यो सिस्टममा अटोमेटिक इमर्जेन्सि ब्रेकिङ, पेडिस्ट्रियन डिटेक्सन, सराउन्ड भ्यू, पार्किङ एसिस्ट, ड्राइभर ड्रोजिनेस डिटेक्सन र गेज डिटेक्सन लगायत अन्य थुप्रै फिचर्स सामेल गराइएको हुन्छ ।

हुन्डाइले क्रेटा फेसलिफ्ट र टुसानको भारतीय स्पेकमा समेत यो फिचर्स थप गर्न सक्ने जनाइएको छ । जसमध्ये टुसानमा अटोनोमस इमर्जेन्सि ब्रेकिङ, ब्लाइन्ड स्पट डिटेक्सन, रियर क्र्यास ट्राफिक अलर्ट र लेन किप एसिस्ट सहित अन्य फिचर्स समेत उपलब्ध हुन सक्ने संभावना देखिएको छ । त्यसैगरी क्रेटा फेसलिफ्टमा ब्लाइन्ड स्पट वार्निङ, एडप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ र लेन किप एसिस्ट फिचर्स सामेल हुनसक्ने देखिएको छ ।

जीपले ५ दिनपछि अर्थात यहि मार्च २९ मा लन्च गर्ने तयारी गरेको मेरिडियन एसयुभीमा यो फिचर्स रहने यसअघि नै बताइसकेको छ । जीपको यो एसयुभीमा एडप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ र लेन किप एसिस्ट लगायत अन्य फिचर्स सामेल हुनसक्ने देखिएको छ ।

टाटा मोटर्सले ल्याउने तयारी गरेको सफारी र ह्यारियरको अपडेटेड मोडलमा समेत यो सिस्टम थप हुन सक्ने जनाइएको छ । यी नयाँ मोडलमा ब्लाइन्ड स्पट मोनिटरिङ, लेन एसिस्ट, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोल र फ्रन्ट कोलिजन कन्ट्रोल लगायत अन्य फिचर्स सामेल हुनसक्ने देखिएको छ ।

सुजुकी र टोयोटाले संयुक्त रुपमा बिकास गरिरहेको नयाँ मिड साइज एसयुभीमा अटोनोमस लेवल २ फिचर्स सामेल हुनसक्ने जनाइएको छ । जसअन्तर्गत एडप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ, व्लाइन्ड स्पट डिटेक्सन, ड्राइभर स्लिप डिटेक्सन, फरवार्ड कोलिजन वार्निङ र लेन चेन्ज एसिस्टेन्स लगायत फिचर्स सामेल हुन सक्नेछन् ।

कियाले सेल्टोसको फेसलिफ्ट मोडलमा पनि यो सिस्टम थप गर्न सक्ने संभावना ब्यक्त गरिएको छ । यो अपडेटेड मोडलमा पनि अटोनोमस लेवल २ फिचर्स अन्तर्गत एडप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ, व्लाइन्ड स्पट डिटेक्सन, ड्राइभर स्लिप डिटेक्सन, फरवार्ड कोलिजन वार्निङ र लेन चेन्ज एसिस्टेन्स लगायत फिचर्स सामेल हुनसक्ने देखिएको छ ।

यसअघिका ग्लोस्टर र एस्टर एसयुभीमा यो फिचर्स सामेल गराइसकेको एमजी मोटर्सले हेक्टर एयुभीमा समेत एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम थप गर्न सक्ने देखिएको छ । यो एसयुभीमा एडप्टिभ क्रुज कन्ट्रोल, ३६० डिग्रि क्यामेरा, अटोमेटिक इमर्जेनिस ब्रेकिङ र लेन चेन्ज वार्निङ सहित अन्य फिचर्स थप हुनसक्ने संभावना देखिएको हो ।

सम्बन्धित समाचारहरू

नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न तयार दिपल एस०५, यसै साता सार्वजनिक हुँदै

नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न तयार दिपल एस०५, यसै साता सार्वजनिक हुँदै

काठमाडौं – नेपालको नं १ लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता...

सिट्रोनले नेपाली बजारमा नयाँ भेरिएन्टको ईभी ल्याउने

सिट्रोनले नेपाली बजारमा नयाँ भेरिएन्टको ईभी ल्याउने

काठमाडौं – नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ...

सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरको पिक पावर ४ हजार ३ सय वाट, मूल्य ३ लाख ८० हजार हुने

सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरको पिक पावर ४ हजार ३ सय वाट, मूल्य ३ लाख ८० हजार हुने

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने नयाँ ब्रान्ड सुनरा ईभीको इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...