बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालमा भारतको लोकप्रिय हेभी इक्विपमेन्ट उत्पादन कम्पनी एस ब्रान्डका मेशिनहरु भित्रिएका छन् । स्पार्क अटोमोटिभ्स प्रालिले बागमती र नारायणी अञ्चलको लागि ती मेसिन उपलब्ध गराएको बताएको छ ।
एस कम्पनीद्वारा उत्पादित यी हेभी इक्विपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन् ।
नेपालमा स्पार्क अटोमोटिभ्स प्रालिले भित्र्याएका यी हेभी इक्युपमेन्टहरुमा ३(४० टनका क्रेन, ब्याक्हो लोडर, व्हील लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्विपमेन्टमा फोर्कलिफ्ट, स्ट्रयाकर आदि रहेका छन् । स्पार्क अटोमोटिभ्सको वर्कसप तथा शोरुम काठमाडौं तथा वीरगन्जमा रहेको छ भने कर्पोरेट अफिस नक्साल, काठमाडौंमा रहेको छ ।
यसको साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एस ब्रान्डका अन्य उत्पादनहरु समेत बजारमा क्रमशः बिक्री वितरण गर्ने र भविष्यमा बिक्री पश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समय अनुसार शाखाहरु विस्तार गर्दै लैजाने जनाएको छ ।
एस इक्विपमेन्ट भारतको अग्रणी निर्माण सम्बन्धी उपकरण उत्पादन गर्ने कम्पनी हो, जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामाग्री उपकरण देशभरीका सबै प्रमुख पुर्वाधार निर्माण, ठुलठुला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ । एसले आफ्नो उत्पादनहरुको बिक्री वितरण मध्यपूर्व, एशिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...