मापसे गरेर गाडी चलाउँदा बैशाख महिनामा १२ को मृत्यु, १७४ जना घाइते

काठमाडौं - वैशाख महिनामा जाँडरक्सी खाएर गाडी चलाउँदा देशभर १ सय २४ दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ भने १ सय ७४ जना घाइते भएका छन् ।

काठमाण्डौ उपत्यकाभित्र मात्रै वैशाखमा ३७ वटा गाडी दुर्घटना भएका र ती दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ५० जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

कोशी प्रदेशमा २ जनाको ज्यान गएको छ भने मधेशमा २० वटा गाडी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ वटा दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा ५ दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा ९ वटा दुर्घटनामा ३ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

कर्णाली प्रदेशमा ३ वटा दुर्घटनामा ३ जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि ३ वटा दुर्घटनामा ४ जना घाइते भएका प्रहरीले जनाएको छ । जाँडरक्सी खाएर गाडी चलाउँदा दुर्घटनाको जोखिम बढ्दै गएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै

जिरो इन्जिनियरिङले सौराहा सम्म च्यारिटी सहितको राइड कार्यक्रम गर्दै

काठमाडौं – जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौँबाट सौराहा सम्मको राइड...

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, १८ वर्ष पुगेकालाई लाइसेन्स

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, १८ वर्ष पुगेकालाई लाइसेन्स

काठमाडौं – अब मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने छ भने...

यातायात र सडक विभागकाे भवनमा लागेकाे आगो निभाइँदै

यातायात र सडक विभागकाे भवनमा लागेकाे आगो निभाइँदै

काठमाडाैं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...