हुन्डाई र टीभीएसको साझेदारीले पायो औपचारिकता, इलेक्ट्रिक थ्री ह्विलर निर्माण गर्ने
हुन्डाई मोटर कर्पोरेसन र टीभीएस मोटर कम्पनीले लास्ट माइल कनेक्टिभिटीको...
भैरहवा – भैरहवाको लुम्बिनी रोडमा अवस्थित एए अटोमोबाइल्सले कोरियन ब्रान्ड साङयोङको डिलरको रुपमा कार्य शुभारम्भ गरेको छ । नेपालका लागि आधिकारिक वितरक आईएमएस मोटर्सको डिलरको रुपमा एए अटोमोबाइल्सले भैरहवा क्षेत्रमा कारोबार गर्नेछ ।
एए अटोमोबाइल्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्स गरी थ्रीएस सुविधा उपलब्ध गराउने छ । भैरहवामै अवस्थित कार्बनहुड वर्कशप प्रालिले साङयोङ गाडीलाई सर्भिसिङ सुविधा उपलब्ध गराउने छ ।
कोरियन लक्जरी ब्रान्डको पहुँच यो क्षेत्रका ग्राहकमाझ पु-याउनका लागि सेवा शुभारम्भ गरेको र यसबाट यो क्षेत्रका ग्राहकहरु लाभान्वित हुने कुरामा आफू आशावादी भएको एए अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर आशीष रसाइलीले बताए ।
साङयोङका टिभोली, एक्सएलभी, कोरोन्डो, मुसो र रेक्सटन गाडीहरु नेपाली बजारमा बिक्रीका लागि उपलब्ध छन् । टिभोलीको मूल्य ६६ लाख ९९ हजार देखि ७५ लाख ९९ हजार, एक्सएलभीको मूल्य ५८ लाख ९९ हजार देखि ६७ लाख ९९ हजार सम्म र कोरान्डोको मूल्य ७९ लाख ९९ हजार देखि ८९ लाख ९९ हजार रुपैयाँ सम्म छ ।
त्यसैगरी मुसोको मूल्य ७४ लाख ९९ हजार छ भने रेक्सटनको मूल्य १ करोड ३८ लाख ९९ हजार देखि १ करोड ५४ लाख ९९ हजार रुपैयाँ सम्म छ ।
हुन्डाई मोटर कर्पोरेसन र टीभीएस मोटर कम्पनीले लास्ट माइल कनेक्टिभिटीको...
कोरियन अटो निर्माता हुन्डाई विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको छ ।...
हुन्डाईको सानो एसयूभी एक्सटरको वुकिङ ५० हजार युनिट नाघेको छ । भारतमा जुलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...