ब्याट्री रिपर्पोजिङमा नयाँ युग: पुराना ब्याट्रीलाई नयाँ बनाउने विश्वकै सबैभन्दा ठुलो मेगाफ्याक्ट्री सञ्चालनमा

इलेक्ट्रिक सवारीसाधनको ब्याट्रीको आयु एक दिन सकिनेछ । यसैलाई ध्यानमा राख्दै क्यानडेली कम्पनी मोमेन्ट इनर्जीले भ्यानकुभरमा मेगाफ्याक्ट्री वान सञ्चालनमा ल्याएको छ।

सो कम्पनीले ईभी ब्याट्री रिसाइकल गर्नुको सट्टा ब्याट्रीलाई पुनः प्रयोग गरी ग्रिड, अस्पताल, डाटा सेन्टर र अन्य व्यावसायिक क्षेत्रका लागि इनर्जी स्टोरेज सिस्टममा रूपान्तरण गर्छ।

ईभी ब्याट्रीको क्षमता सवारीसाधनको आवश्यकता पूरा गर्न पर्याप्त नरहेपछि पनि यसमा ठुलो मात्रामा इनर्जी स्टोरेज क्षमता बाँकी रहेको हुन्छ । मोमेन्ट इनर्जीले यही बाँकी क्षमतालाई उपयोग गर्दै स्थिर इनर्जी स्टोरेज सिस्टम निर्माण गर्छ। यसले नयाँ ब्याट्री उत्पादनको आवश्यकतालाई घटाउन मद्दत पुर्‍याउँछ।

यद्यपि हालका लागि मेगाफ्याक्ट्री वान कम्पनी सानो भए तापनि भविष्यमा यसलाई औद्योगिक स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ। यहाँ रिटायर्ड ब्याट्रीको परीक्षण गरी क्षमता मूल्याङ्कन गरिन्छ र आवश्यक मापदण्ड पूरा गरेका ब्याट्रीलाई व्यावसायिक इनर्जी स्टोरेज सिस्टममा समावेश गरिन्छ।

विश्वभर नवीकरणीय ऊर्जाको विस्तार र एआईमा आधारित डाटा सेन्टरहरूको तीव्र वृद्धि भइरहेका कारण इनर्जी स्टोरेज सिस्टमको माग पनि तीव्र रूपमा बढिरहेको छ। त्यसैले रिटायर्ड ईभी ब्याट्रीले कम लागतमा छिटो र दिगो ऊर्जा भण्डारण समाधान उपलब्ध गराउन सक्छ । यसले बहुमूल्य खनिज सामग्रीको आयु लम्ब्याउनुका साथै वातावरणीय प्रभाव पनि कम गर्छ।

ब्याट्री रिपर्पोजिङको सबैभन्दा ठुलो चुनौती प्रत्येक ब्याट्रीको फरक प्रयोग हो। केही ब्याट्रीले अत्यधिक तापक्रम सहनुपरेको हुन्छ भने केही हजारौं पटक चार्ज–डिस्चार्ज भइसकेका हुन्छन्। मोमेन्ट इनर्जीले उन्नत परीक्षण सिस्टममार्फत यस्ता जटिलतालाई व्यवस्थापन गर्दै फोहोर बन्ने अवस्थामा पुगेका ब्याट्रीलाई पुनः उपयोगी बनाउने लक्ष्य लिएको छ। कम्पनीले सन् २०३० सम्म मेगाफ्याक्ट्री वानको वार्षिक क्षमता १ गिगावाट आवर पुर्‍याउने तथा १०० भन्दा बढी दक्ष रोजगारी सिर्जना गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचारहरू

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने...

भारतिय बजारका लागि होन्डाको पहिलो ईभी एलीभेटमा आधारित हुने

भारतिय बजारका लागि होन्डाको पहिलो ईभी एलीभेटमा आधारित हुने

होन्डाले छिट्टै भारतीय बजारमा आफ्नो पहिलो ईभी ल्याउने तयारी थालेको छ ।...

डोङफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोङफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

डोङफेङ मोटरले युरोपेली ग्राहकहरूको रुचि र प्राथमिकतालाई लक्षित गरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...