अपडेट भएर आउँदै सुजुकी फ्रंक्स, परीक्षणमा देखियो

मारुती सुजुकीको आगामी २०२७ फेसलिफ्ट मोडल फ्रंक्स परीक्षणका क्रममा देखिएको छ । यद्यपि परीक्षणको क्रममा यसलाई ढाकिएको भएता पनि यसको क्याबिन, फिचर र डिजाइनमा हुने परिवर्तनबारे महत्त्वपूर्ण जानकारी खुलाएको छ ।

२०२७ मारुती सुजुकी फ्रंक्स फेसलिफ्टको लम्बाइ ३९९५ एमएम, चौडाइ १७६५ एमएम, उचाइ १५५० एमएम, ह्विलबेस २५२० एमएम र ग्राउन्ड क्लियरेन्स १९० एमएम हुनेछ। यसमा मेश प्याटर्न ग्रिल, परिमार्जित फ्रन्ट बम्पर र नयाँ डिजाइनको रियर बम्पर जस्ता कस्मेटिक परिवर्तन देख्न सकिनेछ।

नयाँ फ्रंक्समा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो ब्रेक होल्ड, रियर डिस्क ब्रेक र फ्रन्ट ग्रिलमा राडारमार्फत एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध हुने अपेक्षा गरिएको छ। यसको पावरट्रेन पनि परिवर्तन हुने सम्भावना छ, जसमा हालको ४-सिलिन्डर इन्जिनको स्थानमा नयाँ १.२ लिटर ३ सिलिन्डर जेड१ई पेट्रोल इन्जिन उपलब्ध हुने सम्भावना छ । सो इन्जिनले ८३ बीएचपी पावर र ११२ एनएम टर्क उत्पादन गर्छ। यसका साथै १०० बीएचपी पावर उत्पादन गर्ने १.० लिटर टर्बो-पेट्रोल इन्जिन पनि उपलब्ध हुने सम्भावना छ। यसमा ५ स्पीड म्यानुअल र एएमटी गियरबक्स उपलब्ध हुनेछ ।

नयाँ फ्रंक्स फेसलिफ्टमा भेन्टिलेटेड फ्रन्ट सिट, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अटो ब्रेक होल्ड फङ्सनका लागि छुट्टै बटन पनि देखिएको छ। क्याबिनमा कन्ट्रास्ट स्टिचिङसहितको नयाँ लेथेरेट सिट अपहोल्स्ट्री उपलब्ध हुने अपेक्षा गरिएको छ । नयाँ मारुती सुजुकी बलेनोमा जस्तै फ्रोन्क्स फेसलिफ्टमा पनि क्लेरियन अडियो सिस्टम उपलब्ध हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, हालको कालो र बरगन्डी ड्युअल टोन क्याबिन, ड्यासबोर्डको समग्र लेआउट, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ड्राइभर डिस्प्ले र स्टेयरिङ ह्वीललाई भने निरन्तरता दिइने सम्भावना छ।

यसमा सेफ्टीका लागि एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम, फ्रन्ट बम्परमा नयाँ फ्रन्ट पार्किङ सेन्सर, रियर डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अटो ब्रेक होल्ड फिचर हुने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...