लिपमोटरको नयाँ फ्ल्यागशिप एसयूभी ईभी र रेन्ज एक्सटेन्डर दुवै विकल्पमा आउने

काठमाडौं–लिपमोटरले आफ्नो नयाँ फ्ल्यागशिप एसयूभी डीएक्स सार्वजनिक गरेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा दर्ता प्रक्रियाका क्रममा यस एसयूभीका तस्बिर तथा प्राविधिक विवरण सार्वजनिक भएका हुन् ।

लिपमोटरको डी–सिरिजअन्तर्गत आउने यो एसयूभी डी१९ भन्दा केही छोटो भए पनि ठूलो आकारको पाँच सिटे एसयूभी हुनेछ । यसमा पूर्ण विद्युतीय (बीईभी) र रेन्ज एक्सटेन्डेड इलेक्ट्रिक (ईआरईभी) गरी दुई प्रकारका पावरट्रेन विकल्प उपलब्ध हुनेछन् ।

डीएक्समा कम्पनीको नयाँ डिजाइन ल्याङ्ग्वेज प्रयोग गरिएको छ । यसको अगाडिको भागमा एलईडी डे टाइम रनिङ लाइट (डीआरएल), स्प्लिट हेडलाइट र एक्टिभ फ्रन्ट ग्रिल दिइएको छ । यसमा लिडार प्रविधिसमेत राखिएको छ, जसले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास) क्षमतामा सहयोग गर्नेछ ।

साइड प्रोफाइलमा क्रोम डिटेलिङ र आकर्षक डिस्क डिजाइनका ह्विल दिइएको छ । पछाडिको भागमा कनेक्टेड टेललाइट, ठूलो अक्षरमा लिपमोटर लोगो र क्रोम फिनिसिङसहितको बम्पर छ ।

डीएक्सको लम्बाइ ५ हजार १५१ एमएम, चौडाइ १ हजार ९९९ एमएम र उचाइ १ हजार ७७५ एमएम छ । यसको ह्विलबेस ३ हजार ११० एमएम रहेको छ ।

डीएक्सको ईआरईभी संस्करणमा १.५ लिटरको रेन्ज एक्सटेन्डर इन्जिन दिइएको छ । त्यस्तै, पूर्ण विद्युतीय संस्करणमा डुअल मोटर र ट्रिपल मोटर गरी दुई विकल्प उपलब्ध हुने उल्लेख गरिएको छ ।

कम्पनीको डी–सिरिजमा यसअघि डी१९ एसयूभी र डी९९ एमपीभी रहेका छन् । डीएक्स पनि यही सिरिजको नयाँ मोडल हो । यस सिरिजका ब्याट्रीमा सीएटीएलले आपूर्ति गर्ने एलएफपी सेल प्रयोग गरिँदै आएको छ ।

डीएक्सको मूल्य, बजारमा उपलब्ध हुने मिति र आधिकारिक रेन्ज भने सार्वजनिक भइसकेको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...