नयाँ डिजाइन र ठूलो ब्याट्रीमा अपग्रेड हुँदै टाटा नेक्सन र एमजी विन्डसर ईभी

इलेक्ट्रिक सवारीसाधनको लोकप्रियता बढ्दै गएसँगै कार निर्माता कम्पनीहरूले आफ्ना लोकप्रिय मोडललाई थप अपग्रेड गर्ने तयारीमा जुटेका छन्। सन् २०२६ मा ईभी बजारले उल्लेखनीय सफलता हासिल गरेपछि २०२७ मा नयाँ डिजाइन, ठूलो ब्याट्री, थप फिचर र बढी रेन्ज दिने इलेक्ट्रिक कारहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसैक्रममा टाटा मोटर्स र एमजी मोटरले पनि आफ्ना लोकप्रिय ईभी मोडललाई अपडेट गर्ने तयारी गरिरहेका छन्।

रिपोर्टका अनुसार टाटा नेक्सन ईभी र एमजी विन्डसर ईभीले सन् २०२७ मा महत्त्वपूर्ण अपडेट गर्ने भएको छ । दुवै मोडलमा डिजाइन परिवर्तन, नयाँ फिचर र ब्याट्री क्षमतामा सुधार हुने अपेक्षा गरिएको छ।

टाटा मोटर्सले नयाँ पुस्ताको नेक्सनमा काम गरिरहेको छ, जसलाई गरुड कोडनेम दिइएको छ। नयाँ नेक्सनको आकार हालको मोडलसँग मिल्दोजुल्दो हुने अपेक्षा गरिएको छ। तर यसको अगाडिको डिजाइनमा भने परिवर्तन हुनेछ । यसमा नयाँ ग्रिल, परिमार्जित हेडल्याम्प, एलईडी डीआरएल र नयाँ बम्पर हुन सक्ने अपेक्षा गरिएको छ।

नयाँ टाटा नेक्सन ईभीको क्याबिनमा पनि केही परिवर्तन हुन सक्ने अनुमान छ। यसमा नयाँ ड्यासबोर्ड र डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध हुनेछ । साथै टप भेरियन्टमा ड्युअल स्क्रिन सेटअप, प्यानोरामिक सनरुफ र फ्रन्ट सिटमा भेन्टिलेसन फिचर थपिने सम्भावना छ। यद्यपि यसको ब्याट्री भने हाल उपलब्ध ३० किलोवाट आवर र ४५ किलोवाट आवर ब्याट्री प्याकलाई निरन्तरता दिन सक्ने अनुमान गरिएको छ।

जेएसडब्ल्यु मोटर इन्डियाले सन् २०२७ मा आफ्नो लोकप्रिय इलेक्ट्रिक कार एमजी विन्डसर ईभीलाई पनि अपडेट गर्ने तयारी गरिरहेको छ। नयाँ अपडेटको मुख्य आकर्षण यसको ठूलो ब्याट्री प्याक हुनेछ। हालको विन्डसर ईभीमा ५२.९ किलोवाट आवर ब्याट्री उपलब्ध छ। नयाँ मोडलमा भने ६१ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री प्याक उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।

नयाँ एमजी विन्डसर ईभीको एक्सटेरियर डिजाइन पनि परिवर्तन हुने सम्भावना छ। यसमा नयाँ फ्रन्ट र रियर बम्पर, अपडेटेड हेडल्याम्प र टेलल्याम्प र नयाँ अलोय ह्विल हुने अपेक्षा गरिएको छ।  साथै हालको विन्डसर ईभीमा ठूलो टचस्क्रिन, प्यानोरामिक ग्लास रूफ, भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग र लेभल–२ एडास जस्ता फिचरलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...